शनिबार, जेठ ५, २०८१

‘पार्टीमा दुई मात्र होइन धेरै धार छन्, सबै मिलेर मूलधार बन्छ’

नेपालखोज २०७८ असार १५ गते १८:१६

‘निधि, कोइराला र सिंह एक भएर आउनुपर्‍यो भन्ने आम-कार्यकर्ताको चाहना छ’

‘१४औं महाधिवेशनमा सभापतिको उम्मेद्‌वार हुन्छु तपाईंले समर्थन गर्नुपर्छ भनेर मैले पहिलेदेखि नै देउवाजीलाई भनेको हुँ’

नेपाली कांग्रेस १४औं महाधिवेशनको संघारमा छ । पार्टीको नेतृत्वका लागि नेताहरुको लबिइङ पनि सुरु भइसकेको अवस्था छ । अहिलेसम्म पार्टी सभापतिका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइरालालगायत नेताहरु आफू उम्मेद्‌वार बन्ने भन्दै कार्यकर्ताहरु भेटघाटमा व्यस्त बनिरहेको अवस्था छ ।

लामो समयदेखि वर्तमान सभापति देउवालाई साथ दिँदै आएका नेपाली कांग्रेसका उप-सभापति विमलेन्द्र निधि पनि पार्टी सभापतिका रुपमा आफ्नो दाबेदारी प्रस्तुत गर्दै लबिइङ गर्न थालिसकेका छन् । उनी कांग्रेसको सभापतिको बलियो दाबेदारमध्येका रुपमा अहिले देखिएका छन् । यसको अर्थ देउवा र निधिबीचको प्रतिस्पर्धा पनि रोचक हुने पक्का छ ।

कांग्रेसको १४औं महाधिवेशनमै केन्द्रित रहेर नेपालखोजका प्रधान सम्पादक सुवास ढकालले उपसभापति विमलेन्द्र निधिसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, निधिसँग गरिएको कुराकानी :

हाइलाइट्स :

– कोभिड महामारी नेपाली कांग्रेसको लागि मात्र होइन सबैको लागि चुनौतीको विषय हो ।
– नेपाली कांग्रेसको महाधिवेशनबारे नागरिक समाज र सारा देशवासी चिन्तित छन् । यो हाम्रा लागि खुसीको कुरा हो ।
– नेपाली कांग्रेसलाई मात्र जनताले जिम्मेवार पार्टी मानेको छ ।
– संविधानअनुसार ०८७ भदौ १९ गतेसम्म महाधिवेन गरिसक्नुपर्छ । अहिले क्रियाशील सदस्यता वितरणको काम भइरहेको छ ।
– अहिलेसम्मको रिपोर्टिङअनुसार आठ लाख ३० हजारको हाराहारीमा क्रियाशील सदस्यताको सूची केन्द्रमा इन्ट्री भइसकेको छ ।
– क्रियाशील सदस्यता डिजिटल सिस्टमबाट इन्ट्री गराउने प्रणाली प्रारम्भ गरेका छौं । डिजिटल सिस्टमबाट सदस्यता इन्ट्री गराउने कांग्रेस पहिलो पार्टी हो ।
– महाधिवेशन तोकिएकै समयमा हुन्छ । कोरोना माहामारीको प्रतिकूलतालाई ध्यानमा राखेर महाधिवेशन कसरी गर्ने त्यसबारेमा भने छलफल भइरहेको छ । तर, महाधिवेशन हुन्छ, हुन्छ ।
– नयाँ पुस्तामा राजनीतिक नेतृत्व हस्तारतरण गर्दा देशको र पार्टीका लागि उपयुक्त हुन्छ ।
– नेपाली कांग्रेसमा युवा पुस्ता छैन र उनीहरुको आकर्षण छैन भन्ने गलत हो ।
– सभापतिको उम्मेद्‌वारीका लागि आधार के ?
– राजनीतिम म विद्यार्थी हुँदादेखि लागेको ।
– मेरो राजनीतिक पृष्ठभूमि भएको परिवार हो ।
– मेरो हजुरबुबा राणा शासनका विरोधी हुनुहुन्थ्यो ।
– मेरो पिताजी स्थापनाकालदेखि नेपाली कांग्रेसको उच्च तहमा हुनुहुन्थ्यो ।
– पञ्चायतलाई समर्थन नगरेका कारण मेरो पिताजी जेल जानुपर्‍यो । ५–६ वर्षको उमेरमा मैले मेरो पिताजीको गिरफ्तारी देख्नुपर्‍यो ।
– मेरो पिता महेन्द्रनारायण निधि निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धमा नेपाली कांग्रेसको अगुवाइमा नेपाली कांग्रेसकै लागि सक्रिय रहनुभयो । जेल-नेल सबै भोग्नुभयो ।
– मेरो मनमा तत्कालीन राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध विद्रोहको भवना भयो । आन्दोलन र परिवर्तनको पक्षमा लागेर राजनीतिमा पनि सक्रिय बन्दै गएँ ।
– कक्षा दशमा पढ्दा म जेल गएको थिएँ । टेस्ट परीक्षा मैले जेलमै दिएँ ।
– आईकमको परीक्षा पनि जेलमा दिएँ ।
– जदुकुहा गोली काण्ड हुँदा कामेश्वर, कुशेश्वर सहिद हुँदा मचाहिँ गढी जेलमा बसेको छु । रामेछाप जेल बसेको छु । काठमाडौंको केन्द्रीय कारागारमा बसेको छु । नख्खुजेलमा बसेको छु । सर्लाहीको जेलमा बसेको छु ।
– म विद्यार्थीकालदेखि नै निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस आबद्ध आन्दोलनमा निरन्तर सक्रिय रहँदै आएको छु ।
– बीपी कोइरालाले मलाई ०३६ सालको जनमत संग्रहका बेलामा नेपाल विद्यार्थी संघको राष्ट्रिय अध्यक्ष बनाउनुभएको थियो ।
– अहिले पनि नेपाली कांग्रेसको उपसभापति छु ।
– राजा ज्ञानेन्द्रले टेकओभर गर्दा मलाई थुनामा राखियो । दुवाकोट र नक्सालमा ।
– मेरो सम्पूर्ण राजनीतिक जीवन नै संघर्ष, लोकतन्त्र र नेपाली कांग्रेसप्रति प्रतिबद्ध र समर्पित छ ।
– १३औं महाधिवेशनका बेला मैल ठोस रुपमा शेरबहादुर देवालाई भनेको थिएँ- ‘यसपालि तपाईंले जित्नु भयो भने नेक्स्ट १४औं महाधिवेशनमा म तपाईंका तर्फबाट उम्मेद्‌वार हुन्छु ।’
– नेपालमा संसदीय प्रणाली हुँदा-हुँदै पनि माओवादीले सशस्त्र विद्रोह गरे । प्रत्येक दिन हामीले रेडियोमा मान्छे मारेको समाचार सुन्थ्यौं ।
– नेपाली कांग्रेसलाई १४औं महाधिवेशनबाट यसरी सक्षम भएर बाहिर निकालौं आगमी निर्वाचनमा कांग्रेसले रुख छापमा बहुमत ल्याउन जनता र मतदातामाथि भरोसा सिर्जना गरोस् ।
– प्रकाशमानजी, शशांक र म नेपाली कांग्रेसका लागि एक आवाज भइदिए हुन्थ्यो भन्ने देशभरका नेता र साथीहरु भावना छ ।
– प्रकाशमानजी र शशांकको मा गएर मैले म सभापति बन्न चाहन्छु मलाई सहयोग गर्नुपर्‍यो भनें । उहाँहरु पनि हामी पनि बन्न चाहन्छौं भन्नुहुन्छ ।
– नयाँ पुस्ताको चिन्ता तपाईंहरुकै पालो नआए हाम्रो कहिले आउला भन्ने छ ।

तस्बिर, भिडियो : संगम ढकाल

नेपाली कांग्रेसको अधिवेशन हुन गइरहेको छ । कोभिडको महामारी, पार्टीको आन्तरिक तयारी कस्तो भइरहेको छ ? महाधिवेशनको सुनिश्चिता कसरी गर्नुहुन्छ ?
कोभिडको महामारी नेपाली कांग्रेसका लागि मात्र होइन सबैका लागि धेरै ठूलो चुनौतीको विषय पनि हो । कोभिड महामारीबाट कसरी ज्यान जोगाउने । आफूलाई, आफ्नो परिवारलाई, नेपाली जनतालाई मतदातालाई यो सरकार राजनीतिक दल र हामी सबै सचेत नागरिकको पहिलो प्राथमिकता र कर्तव्य त्यही हो । म डे वानदेखि जति बेला कोभिडको पहिलो फेज आएको थियो । त्यो बेलादेखि मेरो धारणा यही हो ।
अहिले हामी सबैले कोभिडबाट कसरी जोगिने दलको हिसाबले राज्यको हिसाबले दलको जिम्मेवार जनताप्रति छ भने राजनीतिको जिम्मेवार जनताप्रति छ भने सबैले आफ्नो राजनीतिक क्षेत्रबाट जनताको जीवन कसरी सुरक्षित राख्ने त्यतातिर उन्मुख हुनु कर्तव्यनिष्ठ हुनु त्योसँग सम्बन्धित सबै आवश्यक कदम चाल्नु पहिलो प्राथामिकता हो । तपाईंले उठाउनुभएको कांग्रेसको महाधिवेनसँग यो कोभिड महामारी भएको कारण जोडिएकोले महाधिवेशन समयमै हुन्छ/हुँदैन भन्ने कुरा गर्नुभयो । त्यो छुट्टै विषय हो । तर अहिले हामीले कोसिस गर्दै छौं महाधिवेशन समयमै गर्न । किनभने हामीसँग संवैधानिक बाध्यता पनि छ । संविधानअनुसार नेपाली कांग्रेसको महाधिवेशन अथवा कुनै पनि दलको महाधिवेशन आफ्नो आफ्नो पार्टीले गरेको विधानअनुसार पाँच वर्षभित्र गर्नुपर्छ । यो अवधिमा भएन भने ६ महिना मात्र हो बढाउने । हुन त अरु पनि राजनीतिक दलको महाधिवेशन भएको छैन । नेपाली कांग्रेसको नहुँदा हामी चिन्तित हुनु स्वभाविक हो । फेरि पूरा देशवासी नागरिक समाज नै नेपालको महाधिवेशनको बारेममा चिन्तित छन् ।

देशको नेतृत्वदायी पार्टी भएर होला ?
यो हाम्रा लागि प्लस पोइन्टको विषय हो । अरु कुनै दलको बारेमा चासो नराख्ने नेपाली कांग्रेस कसरी के गर्दै छ कहिले अधिवेशन हुन्छ भनेर छलफल बहस हुनु यसतिर सबैको ध्यान हुनु भनेको त यसबाट प्रमाणित हुन्छ नेपाली कांग्रेसलाई मात्र जनताले जिम्मेवार पार्टी मानेको छ । त्यसकारण संविधानअनुसार ०७८ भदौ १९ गतेसम्म महाधिवेशन गरिसक्नुपर्छ । पहिले भदौ ७, ८, ९, १० थियो । अहिले यो गृहकार्य गर्न समय लागेको हुनाले कोरोनाको कारणले हामी १६, १७, १८, १९ गतेका लागि हामीले तोकेका छौं । त्योभन्दा पहिले क्रियाशील सदस्यताको काम भइरहेको छ । क्रियाशील सदस्यताको बारेका दुईवटा समस्या छ एउटा कोरोनाको कारणले गर्दा देशभर जिल्ला-जिल्लामा क्षेत्रमा वडामा भेला हुने अवस्था छैन । त्यो प्रतिकूल अवस्थामा पनि ज्यान जोखिममा राखेर साथीहरुले क्रियाशील सदस्यताको नवीकरण र नयाँ क्रियाशील सदस्यताको आवेदन भर्ने काम सूचीबद्ध गर्न काम उहाँहरुले गर्नुभएको छ । हिजोसम्मको रिर्पोटिङअनुसार ८ लाख २० हजार ३० हजारको हाराहारीमा क्रियाशील सदस्यताको सूची केन्द्रमा इन्ट्री भइसकेको छ । हामीले डिजिटल सिस्टमबाट इन्ट्री गराउने कामको प्रारम्भ गरेका छौं । यो काम गर्ने नेपाली कांग्रेस पहिलो पार्टी हो । क्रियाशील सदस्यता छानबिन समिति गठन भएको छ । यसले दिनरात काम गर्दै छ । हामीहरुले पनि उहाँहरुलाई सहयोग गरिरहेका छौं । त्यसकारण महाधिवेशन तोकिएको समयमा हुन्छ । अब कोरोना महामारीको प्रतिकूतालाई पनि ध्यानमा राखेर महाधिवेशन कसरी गर्ने त्यसबारे पनि हामीले छलफल गरिरहका छौं । तर महाधिवेशन हुन्छ ।

कांग्रेसको महाधिवेशनमा यसपालि लगभग १० लाख क्रियाशील सदस्य हुने भन्ने कुरा छ । यत्रो ठूलो संख्या त्यसमा पनि मेचीदेखि महाकालीसम्म वडा समितिदेखि लिएर केन्द्रीय सभापतिसम्म नयाँ तेतृत्व आउँदै छ । यो पार्टीभित्र पुस्ता पनि निकै भइसक्यो । अब नयाँ पुस्ता नेतृत्वमा आउने सम्भावना कत्तिको देख्नुहुन्छ ?
राजनीतिमा के हुन्छ भने दुनियामा जहाँ पनि यहाँ मात्र होइन । राजनीतिमा के हुन्छ भने यो सबै कुरा सँगसँगै हुन्छ । पहिलेदेखि काम गर्दै आएको पुस्ता पनि संलग्न नै हुन्छ, बीचको पुस्ता पनि संलग्न नै हुन्छन् नयाँ पुस्ता पनि जोडिइरहन्छन् । एउटा पुस्ता हटाएर अर्को पुस्ता आउने होइन । निरन्तर सँगसँगै समावेश भइरहने हो । नयाँ पुस्तामा राजनीतिक नेतृत्वहरु हस्तान्तरण गर्दै जानु देश र पार्टीका लागि उपयुक्त हुन्छ । मलाई विश्वास यसपालिको क्रियाशील सदस्यता पनि धेरै आएको छ । १३औ महाधिवेशनमा चार लाख ६० हजार जति क्रियाशील सदस्यता थियो । अहिले नयाँ उत्तिकै आएको छ । यसको अर्थ के हो भने मैले पाएको तथ्यांकअनुसार ४० वर्षभन्दा कम उमेर समूहका लगभग लगभग तीन लाखका हाराहारीमा क्रियाशील सदस्यता छ । १० लाखमा तीन लाखभन्दा बढी ४० वर्षभन्दा मुनिको हुनु् भनेको नेपाली कांग्रेसमा युथ जेनेरेसन वा नयाँ पुस्ताको पर्याप्त अवसरहरु देखिन्छ नि त । त्यसकारण नेपाली कांग्रेसमा युवापुस्ताको आकर्षण छैन भन्ने होइन ।

नेपाली कांग्रेसको यसपालिको अधिवेशनमा तपाईं आफैंले पनि सभापतिमा दाबी गर्नुभएको छ । यसको पृष्ठभूमि र आधार के हो ?
पृष्ठभूमि के भन्दा राजनीतिमम म विद्यार्थी हुँदादेखि लागेको । मेरो राजनीतिक पृष्ठभूमि भएको परिवार हो । मेरो हजुरबुबा राजेश्वर निधि राणाशासनका विरोधी हुनुहुन्थ्यो । मेरो पिताजी महेन्द्रनारायण निधि त नेपाली कांग्रेसको स्थापनाकालदेखि शीर्ष तहमा हुनुहुन्थ्यो । पञ्चायतकालमा त्यो बेलामा राजाले उहाँलाई मन्त्री बनाउने लोभ दियो उहाँले मान्नुभएन । जब राजाले संसदीय प्रणाली समाप्त गरिदिए । बीपी कोइराला किसुनजीलगायत नेताहरुलाई गिरफ्तार गर्‍यो । त्यो बेलामा राजाले कोसिस गरेका थिए मेरो पिताजीले पनि साथ आफूलाई नै देओस् भनेर ।
तुलसी गिरीको घर जनकपुर । गिरी परिवारसँग हाम्रो परिवारिक सम्बन्ध त्यसैकारण तत्कालीन राजा महेन्द्रले तुलसी गिरीको मध्ययमबाट, रुद्रप्रसाद गिरीको माध्ययमबाट महेन्द्रनारायण निधिजीलाई पञ्चायतलाई समर्थन गर्न कोसिस गरेको थियो । मेरो पिताजीले मान्नु नभएर उहाँ जेल बस्नु पर्‍यो । म त बाल्यकाल हुँदा देखि नै ५-६ वर्षको उमेरमै मैले मेरो पिताजीको गिरफ्तारी देखेका छु ।
त्यसपछि लगातार मेरो पिता महेन्द्रनारायण निधि निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धमा नेपाली कांग्रेसको अगुवाइमा पार्टीका लागि सक्रिय रहनुभयो । जेल-नेल सबै भोग्नुभयो । र पटक-पटक जेल बस्नुभयो उहाँ । जलेश्वर जेल काठमाडौंमा जेल बस्नुभयो । त्यसकारण मैले भने मेरो राजनीतिक पृष्ठभूमि छ । र पनि मेरो मनमा तत्कालीन राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध मेरो विद्रोहको भावना भयो । त्यो गहिरिँदै गयो त्यसले गर्दा म आन्दोलन र परिवर्तनको पक्षमा र राजनीतिमा सक्रिय हुँदै गए । मेरो संग्लग्नता भनेको कक्षा १० पढ्दादेखि नै जनकपुर सरस्वती हाई स्कुलमा पढ्दा म जेल गएको थिए । टेस्ट परीक्षा मैले जेलमा दिए । त्यसपछि फेरि कलेजमा पढ्दा आईकमको परीक्षा पनि जेलमा दिएँ । जदुकुहा गोली काण्ड हुँदा कामेश्वर, कुशेश्वर सहिद भयो मचाहिँ गढी जेलमा बसेको छु । रामेछाप जेल बसेको छु । काठमाडौंको केन्द्रीय कारागारमा बसेको छु । नख्खुजेलमा बसेको छु । सर्लाहीको जेलमा बसेको छु ।
म विद्यार्थीकालदेखि नै निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस आबद्ध आन्दोलनमा निरन्तर सक्रिय रहँदै आएको छु । निरन्तर सक्रिय रहँदा ०३६ सालको जनमत संग्रहका बेलामा बीपी कोइरालाले मलाई नेपाल विद्यार्थी संघको राष्ट्रिय अध्यक्ष बनाउनुभएको थियो । वास्तवमा म उहाँकै रोजाइ हो । अहिले पनि नेपाली कांग्रेसको उपसभापति छु । म त्योभन्दा पहिले निर्वाचनमा भाग लिएँ । राजा ज्ञानेन्द्रले टेकओभर गर्दा मलाई थुनामा राखियो । दुवाकोट र नक्सालमा । मेरो सम्पूर्ण राजनीतिक जीवन नै संघर्ष, लोकतन्त्र र नेपाली कांग्रेसप्रति प्रतिबद्ध र समर्पित छ । अब अहिले १४औं महाधिवेशनमा सभापतिको आधार के-हो भने महाधिवेशन प्रतिनिधि साथीहरु पार्टीका साथीहरुको चाहाना के छ भने आगामी निर्वाचनमा नेपाली कांग्रेस कसरी सुव्यवस्थित रुपले आउने, सक्षम रुपले आउने, वैचारिक प्रस्टताका रुपमा आउने र कसरी जित्ने यो मेरो पनि चाहना हो ।
१३औं महाधिवेशनसम्म मैले शेरबहादुरजीलाई लगातार सहयोग गर्दै आइरहेको छु । उहाँकै साथमा काम गर्दै आएको छु । अहिले पनि उहाँको साथमा काम गर्दै आएको छु । १३औं महाधिवेशनका बेला मैले ठोस रुपमा शेरबहादुरजीलाई भनेको थिएँ । यसपालि त तपाईंलाई जसरी पनि जिताउनुपरेको नै छ । यसपालि तपाईंले जित्नुभयो भने नेक्सट् १४औं महाधिवेशनमा मचाहिँ तपाईंका तर्फबाट उम्मेद्‌वार हुन्छु । म उम्मेद्‌वार हुन्छु तपाईंले मलाई समर्थन गर्नुपर्छ भनेर मैले पहिलेदेखि नै भन्दै आएको हो । एउटा त मेरो राजनीतिक जीवन र यात्रा जुन हो त्यसको हिसाबले पनि म सभापतिका लागि जति पजि इलिजिबिलिटी । त्यो इलिजिबिलिटी, पूर्वाधार, पूर्वसर्त मैले पूरा गरेको छु । त्यसकारणले पार्टी सभापतिका लागि मैले आशा गर्न इच्छा गर्नु अनुचित होइन । नेपाली कांग्रेस पार्टीको पनि नेतृत्व गर्न चाहन्छु र नेपाली कांग्रेस पार्टीको नेतृत्व गरेर देशमा नेपाली कांग्रेसको सशक्त भूमिका प्रस्तृत गर्न चाहन्छु । मेरा आधार यही हो र इच्छा यिनै हुन् ।

सभापतिमा उम्मेद्‌वारी दिँदा प्राथामिकता रहने तपाईंका इस्युहरु के-के हुन् ?
मेरो सबभन्दा प्राथमिकतामा रहने इस्यु के-हो भने हामीले धेरै प्रतिकूल अवस्थामा नेपालमा संसदीय प्रणाली हुँदाहुँदै पनि माओवादीहरुले सशस्त्र विद्रोह गरे । प्रत्येक दिन मान्छे मारेको समाचार हामी बिहान-बेलुका सुन्थ्यौं रेडियोमा । नेपाली कांग्रेसको कार्यकर्ता मारिएको छ । प्रहरीहरु मारिएका छन् । शिक्षकहरु मारिएका छन् । पत्रकारहरु मारिएका छन् । माओवादी पक्षका लडाकुहरु पनि मारिएका छन् भनेपछि नेपालमा माओवादीद्वारा सञ्चालित सशस्त्र विद्रोह शान्तिप्रक्रियामा रुपान्तरण गर्नु जरुरी थियो । त्यो भयो । नेपालमा हामीले राज्यको पुनःसंरचना पनि गर्‍यौं । नयाँ संविधान पनि बनायौं । माओवादी लडाकुको व्यवस्थापन पनि गर्‍यौं । ठूलो संख्यामा नेपालकै छोराछोरी दाजुभाइ संलग्न गरेर प्रशिक्षण दिएर, पेस्तोल हतियार लगेर लडाकुको संगठन गराएको थियो नेकपा माओवादीले । अब त्यसको पनि व्यवस्थापन गर्नु थियो । शान्तिप्रक्रियाको महत्त्वपूर्ण पाटो त्यो पनि हामीले सम्पन्न गर्‍यौं । त्यतिले मात्र पुग्दैन राजनीतिक रुपान्तरतरणको सन्दर्भमा नयाँ संविधान बनाउनु थियो । नयाँ संविधानमार्फत राज्यको पुनःसंरचना गर्नु थियो । त्यो काम हामीले सम्पन्न गर्‍यौं । त्यसको अर्थ केभन्दा आज नेपालमा तीन वर्ष साढे तीन वर्ष पहिलेको कुरा गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणाली हामीले निर्माण गरेका छौं ।
अब त्यसका लागि हामीले संविधान बनाएका छौं । संविधान बनेपछि नयाँ संविधानअनुरुप चुनाव पनि भयो तीन वर्षअघि । अब भयो के भने । नेपालीले हामी राजनीतिक दलले ल्याएको प्रणालीमा विश्वास गरेका छन् । संघीयतामा गणतन्त्रमा लोकतन्त्रमा संसदीय प्रणालीमा जुन नेपाली कांग्रेसले विश्वास गर्दछ । त्यो नेपाली कांग्रेसले गएको तीन वर्ष पहिलेको आमनिर्वाचनमा बहुमत प्राप्त गर्न सकेन । बहुमत मात्र होइन हामी अत्यन्तै थोरै १६५ निर्वाचन सिटमा जम्मा २३ वटामा मात्र जित्यौं ।
२७५ सदस्य भएको प्रतिनिधिसभामा हाम्रो जम्मा ६३ जना समानुपातिक मिलाएर पुग्यो । भनेपछि हाम्रो हैसियत संसद्को बैठक बोलाउनका लागि कुनै एजेन्डा, देशको सरकारको विषयमा छलफल गर्न चाहन्छौं भनेर संसद्‌को विशेषाधिकार बैठक बोलाउन एकचौथाइ सदस्य पुग्नुपर्छ त्यो पनि पुगेको छैन । एकातिर जुन प्रणाली ल्यायौं त्यसमा कम्युनिस्ट प्रणाली आएन ताानाशाही प्रणाली आएन, एकदलीय प्रणाली आएन, निर्दलीय प्रणाली आएन त्यसमा हामी प्रतिकूल अवस्थामा पनि लोकतान्त्रिक प्रणाली ल्याउन सफल भएका छौं । त्यो नेपाली कांग्रेसकै वैचारिक प्रतिबद्धता र सुझबुझ कारण आएको हो तर चुनाव भइसकेपछि जुन पार्टी विजयी भयो र पार्टीको नेता सरकार हाक्ने ड्राइभिङ सिटमा छ उसको विश्वास संघीयतातर्फ छैन । उसको विश्वास गणतन्त्रतर्फ छैन, लोकतन्त्रप्रति छैन । यो प्रणालीप्रति नै छैन । यो नै सबैभन्दा ठूलो समस्या हो ।
त्यसकारण अब तीन वर्षको अनुभव जुन छ अहिले तीतो अनुभव चारैतिर सबै क्षेत्रमा भाँडभैलो देखेका छौं हामीले । यसबाट मुक्ति पाउन संविधान प्रणालीलाई सुरक्षित राख्नुपर्छ । यसको संरक्षण र संवर्द्धन गर्नका लागि नेपाली कांग्रेस अगाडि आउनुपर्छ । १४औं महाधिवेशबाट यिनै उद्देश्यहरुका लागि आफूलाई सक्षम बनाउन नेपाली कांग्रेसलाई योग्य बनाउन हामीले काम गर्नुपर्छ । म के चाहन्छुभन्दा नेपाली कांग्रेसलाई १४औं महाधिवेशनबाट यसरी सक्षम रुपमा तयार भएर बाहिर निकालौं कि नेपाली कांग्रेसले आगामी निर्वाचनमा रुख छापमा बहुमत ल्याउन जनता र मतदातामाथि भरोसा सिर्जना गर्न सकोस् । नेपाली कांग्रेस पार्टी नै हो जो सबै किसिमको भाँडभैलोको अन्त्य गरेर सुव्यवस्थित गर्न अहिलेको प्रणालीको सफल सञ्चालन गर्न सक्छ । संविधानको संवर्द्धन र दीर्घायु बनाउन सक्छ । यसका लागि म सभापतिमा उठ्न चाहन्छु ।

अहिले कतिपय कार्यकर्ता शेरबहादुर देउवा र विमलेन्द्र निधि साथ चुनाव लड्नु हुन्न पनि भन्छन् । बीचमा शेरबहादुरले फकाउँदिनँ म विमलेन्द्रलाई भनेर भन्नुभयो । त्यसपछि अहिले फकाउन एउटा कमिटी नै बनाएको भन्ने कुरा आएको छ नि ?
त्यो मलाई थाहा भएन । म पनि चाहन्छु उहाँ नलड्नुहोस् । शेरबहादुरजीले मलाई नै समर्थन गर्नुहोस् । मैले पनि आशा गरेको छु समय छ आखिर नोमिनेसन भनेको त भदौको १२, १३, १४ तिर हुन्छ । म चाहन्छु शेरबहादुरजीको समर्थन मलाई नै होस् ।

सम्भावना कतिको छ ?
धेरै सम्भावना छ ।

तपाईंले दुई-दुईपटक प्रकाशमान सिंह, शशांक कोइरालासँग भेट्नुभयो ? त्यसको उद्देश्य अथवा आउटकम के थियो ?
मैले भन्ने गरेको छु दुईवटा कुरा प्रकाशमानजी, शशांक र म देशभरका हाम्रा साथीहरु, पार्टीका नेताहरु, जिल्लाका, केन्द्रका, क्षेत्रका नेता तथा साथीहरु हुनुहुन्छ उहाँहरुको के भावना देखिन्छ भने अब तपाईंहरु पनि तीनजना युनाइटेडली नेपाली कांग्रेसका लागि एउटा कमन भोइस लिएर अगाडि बढ्नुस् भन्ने चाहना छ । त्यो चाहनाबारे हामी तीनैजना सँगै बसेर कुरा गरौं न त भनेर मैले नै अग्रसरता लिएर मेरो घरमा उहाँहरुलाई निम्ता गरें । त्यपछि शशांकजीकोमा गएँ । फेरि प्रकाशमानकोमा बस्ने प्लान छ (आज असार १५ गते प्रकाशमान सिंहनिवास चाक्सीबारीमा निधि, कोइराला र सिंहबीच भेटवार्ता भएको छ।) । भोलि-पर्सि उहाँले बोलाउनु होला । हामी मात्र होइन हामी तीनजनाले गरेर सबै कुरा हुन्छ भन्ने छैन । तर हामी तीनजनाको साझा धारणा, साझा दृष्टिकोण नेपाली कांग्रेसको बारेमा र नेपालको राजनीतिमा बनोस् जनताले पनि चाहन्छन् । यिनीहरु अब अग्रसर भइदिए हुन्थ्यो भन्ने सबैको चाहना छ । मैले त दुईपटक गएर प्रकाशमानजीकोमा दुईपटक गएर शशांककोमा म सभापति बन्न चाहन्छु मलाई समर्थन गर्नुहोस् भनेर भनें । उहाँहरु म पनि लड्न चाहन्छु भन्नुहुन्छ । यो त भइरहन्छ नि त । सभापतिको उम्मेद्‌वार हुनेहरुको बीचमा पनि कमसेकम छलफल त त हुनु पर्‍यो नि । सहकार्य त हुनु पर्‍यो नि । र एउटा साझा धारणा बनाउन सकिन्छ कि भन्ने हो । त्यसकारणले नेपाली कांग्रेसका देशभरका आम साथीहरुको भावना के रहेछ भने शेरबादुरजी रामचन्द्रजीहरुले १३औं महाधिवेशनमा उम्मेद्‌वार सिटौलाजीहरुले त गरिरहनुभएकै छ ।
अबचाहिँ विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइराला युनाइटेड (एक) भएर आउनुपर्‍यो भन्ने देशभारका कार्यकर्ताहरुको चाहना हो । हामीलाई पनि त्यो चाहना राम्रै लाग्यो गलत लागेन । यहीअनुरुप नै हामी छलफल गरौं भनेर अगाडि बढेका छौं । यसपछि हामी केन्द्रीय सदस्यहरु जिल्ला सभापतिहरुसँग भेट्छौं सबैसँग सल्लाह गर्छौं । निर्वाचन जब हुन्छ । निर्वाचनमा सस्तो भाषामा भनिने गुट हो । निर्वाचनमा त प्यानल बन्छ । अब हामीले गुट भन्छौं । निर्वाचन लड्दा खाली आफ्नै गुटको मानिस, आफ्नै समूहको मानिस र आफ्नै प्यानलको आधारमा मात्र जित्न सकिँदैन । बीपी कोइरालाको पालादेखि अहिलेसम्म हेर्नुभयो भने बीपीले चुनाव लड्नु भयो, गिरिजाबाबुले चुनाव लड्नु भयो त्यसैगरी सुशील कोइरालाले चुनाव लड्नु भयो सभापतिका लागि । र शेरबहादुरले चुनाव लड्नुभयो अहिलेसम्म । नेपाली कांग्रेसको आन्तरिक जीवनमा सभापतिका लागि जस्तो-जस्तो प्रणालीमा पनि ज-जसले चुनाव लड्नु भएको छ । सबैले आफ्ना समूहको समर्थकहरुलाई प्यानलमा राखेर टिम बनाएर त जित्नु भएको छैन । बीपी कोइरालाले त अरुको सहयोग लिएर चुनाव जित्नु भयो । यही प्रयोजनका लागि मैले शशांक र प्रकाशमानजीसँग छलफल गरेको हो ।

तपाईंले युवापुस्ताका नेताहरुसँग पनि छलफल गर्नुभयो कस्तो प्रतिक्रिया पाउनुभयो ?
उहाँहरु हाम्रो यो प्रयासबाट खुसी हुनुहुन्छ । उहाँहरुलाई चिन्ता के छ भने हामीहरुलाई उहाँहरुले दोस्रो पुस्ता भन्नुहुन्छ । शेरबहादुर र रामचन्द्रपछिको पुस्ता मान्नुहुन्छ । उहाँहरुले आफूलाई हामीपछिको तेस्रो पुस्ता मान्नुहुन्छ । उहाँहरुको चिन्ता र सरोकार के हो भने तपाईंहरुकै पालो आएन भने हाम्रो पालो कहिले आउला र ? त्यसकारण तपाईंहरु अब अग्रसर हुनुपर्‍यो । त्यस्तै उहाँहरुले मेरो यो कदमलाई प्रशंसा गर्नुभएको छ । उहाँहरुले तपाईंको यो प्रयासकै पक्षमा हामी छौं पनि भन्नु भएको छ ।

नेपाली कांग्रेस पार्टीमा पहिलादेखि नै दुईधारको राजनीति देखिन्छ यसपालि त्यसमा केही परिवर्तन आउँछ ?
दुईधार मात्र होइन धेरै धार छन् । वैचारिक आधारमा धारको निर्माण हुनुपर्छ भन्ने म हुँ । जति धार छ व्यक्तिको हिसाबमा अलग-अगल धार छ । शेरबहादुरजी रामचन्द्रजी अलग-अलग धार भयो । सिटौलाजीले १३औं महाधिवेशनमा अर्को धार निर्माण गर्नुभयो । सबैका समूहमा शेरबहादुरको समूहमा पनि, रामचन्द्रजी समूहमा पनि । अहिले रामचन्द्रजीको समूहमा शेखरजी, प्रकाशमानजी, शशांकजी उम्मेद्‌वार हुनुहुन्छ कतिवटा धार मान्ने अब । शेरबहादुरको टिममा म उम्मेद्‌वार देखिएको छु, गोपालमानको नाम आएको छ हिजो-अस्ति । धार भन्ने कुरा कसरी लिने त्यो तपाईंहरुको विषय हो । हामी पार्टीमै रहन्छौं । राजनीति गरिरहन्छौं । पार्टीको निर्णय प्रक्रियमा, नीति निर्माणमा, पार्टीको कार्यक्रममा हामीहरुले छलफल गर्छौं । अन्तिममा एउटै निर्णय हुन्छ । कार्यक्रम पनि एकै किसिमको हुन्छ । धार ३ मात्र होइन धेरै हुन्छ । सबै मिलेर मूलधार बन्छ ।

प्रतिक्रिया