मलेसियाबाट आज एकैदिन २४ शव र तीनवटा अस्तु नेपाल ल्याइयाे
नेपालखोज
२०७८ साउन ९ गते ११:४०

काठमाडौं । मलेसियाबाट आज एकैदिन २४ वटा शव र तीनवटा अस्तु नेपाल ल्याइएको छ । आज (शनिबार) क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका शव नेपाल ल्याइएको हो ।
यसमध्ये परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान नेपाल एयरलाइन्सकाे वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हाे ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा लगाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया