शनिबार, वैशाख ८, २०८१

‘१४ ठूला खानेपानी योजनाका काम भइरहेका छन्’

नेपालखोज २०७८ साउन २० गते ९:५५

‘काठमाडौंका तीन नगरपालिका व्यवस्थित बस्ती बनाउन एकजुट हुनुका साथै नगरका उपयोगी नीति, तरकारी बजार र बसपार्क बनाउने काममा प्राथमिकता’

हाइलाइट्स :

– आजभोलि कोरोना नियन्त्रणका साथै विकास निर्माणका कामलाई पनि निरन्तरता दिइरहेका छौं । तेस्रो र चौथो नगरसभाले विकाससम्बन्धी गरेका निर्णयहरू कार्यान्वयन गर्न कोभिडले असर गर्यो । पाँचौं नगरसभा पनि गरिसकेका छौं । यो हाम्रो कार्यकालको अन्तिम पनि हो ।
–कोराना संक्रमणको पहिलो लहरमा क्वारेन्टिन र आइसोलेसन राख्नेलगायत राम्रै काम गरेका थियौं । मूलपानीमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र्रलाई संक्रमणका बेला चौबीसै घण्टा अस्पतालका रूपमा सञ्चालन गर्यौं । पहिलो लहरमा २८ सय ८९ जना संक्रमित भए । १९ जनाको मृत्यु भयो । दोस्रो लहरमा तीन हजार बढी संक्रमित हुँदा ५३ जनाको मृत्यु भएको छ ।

नगरपालिकाको ऐतिहासिक कागेश्वरी मन्दिरलाई आन्तरिक धार्मिक पर्यटन पूर्वाधारका रूपमा विकास गर्दै छौं । विश्वकै ठूलो १,९७८ केजीको कागको मूर्ति बनाउँदै छौं ।

–७५ देखि ८० प्रतिशत बाटोको काम गरिसकेका छौं । मनोहरा मार्ग अहिले दूरसञ्चारसम्म बनिसकेको छ । जसपुरबाट अड्डापाटीसम्म पनि सडक निर्माण भएपछि हाम्रो त्यो मुख्य सडक हुनेछ । हामीले अहिले घोषणपत्रमा भन्दा पनि धेरै काम गरेका छौं ।
–करलगायतबाट ६० करोडसम्म त हाम्रो आन्तरिक आम्दानी पनि हुन्छ । स्थानीय सरकार आएपछि नगवरवासीले धेरै काम भएको महसुस गर्नुभएको छ । हामीले करौडौंको खानेपानीको योजना सञ्चालन गरिरहेका छौं ।
–नगरको प्रमुख समस्यामा स्थानीय सरकारलाई दिइएको अधिकार संघ र प्रदेश सरकारले दिन कन्जुस्याइँ गर्दा काम गर्न असहज भएको छ । साँघुरा बाटालाई फराकिलो बनाउन कठिन भएको छ । अव्यस्थित बस्तीको समस्या छ ।
–व्यवस्थित सहर बनाउन हामी तीनवटा नगरपालिका मिलेर ‘पूर्वी काठमाडौं नयाँ सहरी विकास आयोजना’ सञ्चालन गर्दै छौं । कागेश्वरी मनोहरा नगरपालिको वडा १, २, ३,४, शंखरापुरको वडा ९ र गोकर्णेश्वर नगरपालिकाको वडा १, २, ४ गरी आठ वडामा २९ हजार रोपनी जग्गामा आयोजना सञ्चालन गर्न कार्यालय नै स्थापना गरेका छौं ।
–२०७४ जेठ १० देखि कार्यभार सम्हालेपछि कागेश्वरी मनोहरालाई नेपालमै पहिलोपटक स्थानीय तहमा बिदाको घोषणा गयौं । कागे अष्टमीमा सार्वजनिक स्थानीय बिदा दिने गरेका छौं । नगरपालिकाको ऐतिहासिक कागेश्वरी मन्दिरलाई आन्तरिक धार्मिक पर्यटन पूर्वाधारका रूपमा विकास गर्दै छौं । विश्वकै ठूलो १,९७८ केजीको कागको मूर्ति बनाउँदै छौं ।

(नेपालखोजको ‘मेयरका कुरा’ मा हामी विभिन्न नगरपालिकाका मेयरहरुसँग समसामयिक विषयमा कुरा गर्छौं । कार्यक्रममा हामी नगरभित्रका समस्या, त्यसको समाधानमा मेयरको भूमिका तथा प्रयास, आगामी योजनालगायतका विषयहरु पाठक तथा दर्शकसामु प्रस्तुत गर्छौं । ‘मेयरका कुरा’ हरेक बुधबार नेपालखोजमा पढ्न र हेर्न सकिन्छ । यसअघिको अंकमा हामीले टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीसँग कुराकानी गरेका थियौं । यसपटक ‘मेयरका कुरा’ मा हामीले कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापासँग कुराकानी गरेका छौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं ।)

‘विकासको काममा नगरवासीको सहयोग उत्कृष्ट’

प्रतिक्रिया