मंगलबार, जेठ १, २०८१

‘पार्टीभित्र गुटबन्दी गर्नु उचित होइन’

समाजवादी लक्ष्य हासिल गर्न लोकतान्त्रिक पद्धति अवलम्बन गर्नुपर्छ भन्ने कांग्रेसको सिद्धान्त हो । कम्युनिस्टहरु पनि अहिले यही विचारमा आएका छन् ।

नेपालखोज २०७८ साउन २१ गते १०:४७

समाजवादको लक्ष्य भनेकै तल्लो आर्थिक स्तरको मानिसलाई माथि उठाउने हो ।

हाइलाइट्स :

– कांग्रेसको क्रियाशील सदस्यता वितरण धेरै ठाउँमा विधिसम्मत ढंगले भएको छैन । व्यक्तिगत वा गुटगत स्वार्थका कारण यसको दुरुपयोग भएको पनि देखिन्छ । कतिपय ठाउँमा योग्यता, मापदण्ड नपुगेकाहरुलाई सदस्यता दिइएको छ भने कतिपय ठाउँमा विधिसम्मत ढंगले क्रियाशील सदस्यता पाउनुपर्नेहरु पनि सूचीबाटै हटाइएका छन् । यसमा धेरै विकृति देखिएको छ जसले धेरै ठाउँमा गम्भीर विवाद सिर्जना गरेको छ । यसअघि पनि सामान्य विवाद त हुन्थ्यो तर यसपालि स्थिति केही गम्भीर छ ।
– मैले मैं सभापति हुन्छु वा हुनुपर्छ भनेर हिँडेको छैन र त्यसअनुसार प्रचार पनि गरेको छैन । मेरो पक्षमा धेरै साथीभाइले वरिष्ठताका हिसाबले, लामो योगदानका हिसाबले तपाईंले लड्नुपर्छ पनि भन्नुभएको छ । मैले के भनेको छु भने म पनि सभापतिको चुनाव लड्न तयार छु, मेरो पनि सम्भावना छ । लड्ने/नलडने कुरा त नोमिनेसनकै बेला थाहा हुन्छ ।
– पार्टीमा अलिकति गुटबन्दी बढेको छ त्यसो हुनाले मैले भन्ने गरेको छु एउटा पार्टीभित्र धेरै गुटबन्दी गर्नु पनि उचित होइन । हामीकहाँ एउटा दलभित्र तलदेखि माथिसम्म जति गुटबन्दी हुन्छ जति शक्तिसंघर्ष हुन्छ त्यति अरु प्रजातान्त्रिक मुलुकमा हुँदैन । पार्टीभित्र त एकता हुनुपर्छ, शक्ति-संघर्ष त पार्टीबाहिर अरुसँग प्रतिस्पर्धा गर्दा हुने हो । आफ्नै पार्टीभित्र धेरै विवाद, झैझगडा गर्नु उचित हुँदैन । सकेसम्म एकमत बनाएर अघि बढनुपर्छ । आफ्नो पार्टीभित्र बढी विवाद हुँदा आफैंलाई नोक्सान हुन्छ र त्यसको फाइदा विपक्षीहरुले उठाउँछन् ।
– गैरसरकारी क्षेत्रलाई प्रवर्द्धन गर्ने, निजी क्षेत्रलाई अगाडि बढाउने स्वदेशी पुँजी बढाउने, स्वदेशी लगानी बढाउने वैदेशिक लगानी भित्र्याउने नीतिले रोजगारी बढाउँछ, राजस्व वृद्धि हुन्छ यसैबाट विपन्न वर्गलाई पनि माथि उठाउन सकिन्छ । समाजवादी लक्ष्य हासिल गर्न पनि प्रारम्भिक चरणमा पुँजीको विकास गर्नुपर्छ ।
– चीनले सन् ७० को दशकमा उदारवादी अर्थनीति अँगालेपछि नै समृद्धि हासिल गर्न थालेको हो । युरोपका प्रजातान्त्रिक मुलुकदेखि विकासोन्मुक भारतसम्म सबैले यसैबाट आफूलाई आर्थिक रुपमा सबल बनाएका छन्, गरिबी उन्मूलनमा सफलता हासिल गरेका छन् ।
– नेपाली कांग्रेसकै सभापतिको नेतृत्वमा सरकार बनेको छ, यो सकारात्मक कुरा हो । यसमा पावर सेयरिङको कुरा चाँडोभन्दा चाँडो मिलाएर सरकार आफ्नो काममा क्रियाशील हुन सकोस् । अलिकता ढिला त भएको छ तर सरकारले सत्ता साझेदार दलहरुसँग चाँडै समझदारी बनाएर अघि बढ्नेछ भन्ने विश्वास लिएको छु ।

प्रतिक्रिया