पर्वतको विभिन्न ठाउँमा गएको पहिरोमा परि १० जनाले ज्यान गुमाए

नेपालखोज २०७८ भदौ १८ गते १५:२०

काठमाडाैं । पर्वतको विभिन्न ठाउँमा गएको पहिरोमा परि एकै परिवारका पाँच जना सहित १० जनाले ज्यान गुमाएका छन् ।

ज्यान गुमानेमा कुश्मा नगरपालिका ३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा उहाँकी ७५ वर्षीया आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षीया भगवती, दुई छोरीहरू १६ वर्षीया विमला र ११ वर्षीया विनिताका साथै नौ ९ वर्षीय छोरा विनोदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यस्तै कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो खस्दा पर्वतकै मोदी गाउँपालिका ७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको ज्यान गएको छ ।

यस्तै कुश्मा नगरपालिका ११ पकुवा ताल्चेमा आज (शुक्रवार) बिहान खसेको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका तीन वर्षीय छोरा प्रयुशको ज्यान गएको छ ।

साथै पर्वतकै मोदी गाउँपालिका ५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षीया फूलमाया थापाको ज्यान गएको छ ।

पहिरोमा परेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पहिरोमा मायाकुमारीकी सासू ७० वर्षीया डल्ली पाध्या पौडेल रहेकी छिन् । बेपत्ताकाे खाेजी कार्य जारी छ ।

प्रतिक्रिया