ओप्पो ए-७४ फाइभ-जी, मूल्य कति ?

काठमाडौं । ओप्पो ए-७४ फाईभ-जी स्मार्टफोन ६.५ इन्चको फुल एचडी प्लस एलसीडी डिस्प्लेले सुसज्जित छ । जसको रिजोल्युसन १०८०x१४०० पिक्सेल छ । यो फोनले क्वाडकम स्नेपड्रेगन ४८० सोसी प्रोसेसरमा काम गर्छ । ओप्पोको यो फोनमा ६ जीबी र्याम र १२८ जिबी स्टोरेज उपलब्ध हुन्छ ।
ओप्पो ए-७४ फाइभ-जी फोनमा ट्रिपल रियर क्यामेरा सेटअप दिइएको छ । यसको प्राइमरी क्यामेरा ४८ मेघापिक्सलको छ भने अर्को २ मेघापिक्सेलको माइक्रो लेन्सले युक्त छ । यसको तेस्रो क्यामेरामा २ मेघापिक्सेलको डेप्थ सेन्सर जडान गरिएको छ । सेल्फी र भिडियो कलिङका लागि यो फोनमा ८ मेघापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध हुन्छ ।
ओप्पो ए-७४ फाइभ-जी फोनमा पावरका लागि ५००० एमएएचको ब्याट्री दिइएको छ । जसले १८ वाट फास्ट चार्जिङलाई सपोर्ट गर्छ । कनेक्टिभिटीतर्फ यसमा वाईफाई, जीपीएस, ब्लुटुथ ५.१ र यूएसबी टाइप-सी पोर्टजस्ता फिचर्स समावेश छन् । यो फोनको अन्तर्राष्ट्रिय बजार मूल्य ३० हजार जस्तो पर्न आउँछ ।
प्रतिक्रिया