एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा खालिङ नियुक्त
नेपालखोज
२०७८ असोज ८ गते १२:१७

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ नियुक्त भएका छन् । खालिङले आज (शुक्रबार)बाट प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार ग्रहण गरेका छन् ।
नेपाल बैंकिङ क्षेत्रमा झण्डै ३२ बर्षको अनुभव संगालेका खालिङ एभरेष्ट बैंकमा पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत हुन् ।
भारतको पञ्जाव नेशनल बैंक समेतको २० प्रतिशत सेयर स्वामित्व रहेको एभरेष्टमा यसअघि भारतीय मुलुकका नागरिक प्रमुुख कार्यकारी रहंदै आएका थिए ।
यसअघि लक्ष्मी बैंकमा पनि प्रमुख कार्यकारी रहेका खालिङले स्टान्र्डड चार्टड बैंकमा समेत लामो समय कायम गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया