चौबीस घण्टामा थपिए १,०७८ जना संक्रमित, ९११ डिस्चार्ज

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा १ हजार ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५५५ जनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८० जना गरि कुल १ हजार ७८ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ९५ हजार २६१ र एन्टीजेन विधिबाट ९१ हजार ५५३ पुगेको छ । हाल देशभर १८ हजार १६८ सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप ९११ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ६५ हजार ७५८ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार १३५ पुगेको छ ।

प्रतिक्रिया