शुक्रबार, चैत १६, २०८०

नेपालखोजको तेस्रो वर्ष !

नेपालखोज २०७८ असोज २१ गते १२:२७

नेपालखोज अनलाइन आजदेखि दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गर्दै छ । हाम्रो यो अनलाइनमार्फत नेपालखोज न्युज पोर्टल तथा नेपालखोज अनलाइन टेलिभिजन सञ्चालनमा छ जसलाई युट्युबमा समेत हेर्न सकिन्छ । अहिले संसारभर पत्रकारिता अनलाइन माध्यमतर्फ केन्द्रित हुन थालेको सन्दर्भमा नेपाली सञ्चारजगत् पनि यो न्यु मिडियाबाट अछुतो रहने कुरा भएन । सञ्चारको यो माध्यम नै अहिले मूलधारको मिडियाका रुपमा अघि बढ्ने क्रममा छ । यसका लागि अनलाइन माध्यमहरु स्वयं बढी जिम्मेवार हुनुपर्ने आवश्यकता पनि छ । नेपालखोज अनलाइनले यही जिम्मेवार र विश्वसनीय पत्रकारितालाई आफ्नो मूल मन्त्र बनाएको छ ।

समाजलाई सही सूचनाको जति आवश्यकता छ कोभिडको विश्वव्यापी महामारीबीच सूचना संकलन तथा सम्प्रेषणमा त्यति नै समस्या पनि छ । यो महामारीको मारका बीच आफ्नो दायित्व र जिम्मेवारीमा अविचलित रहँदै नेपालखोज टिम आफ्नो उद्देश्य र लक्ष्यमा निरन्तर अग्रसर छ ।

विपरीत परिस्थितिका बाबजुद हामी सूचनाको दायित्व पूरा गर्न निरन्तर क्रियाशील र प्रतिबद्ध छौं । नेपालखोजको समग्र टिम पत्रकारिताको यो नयाँ माध्यमको सकारात्मक तथा अधिकतम लाभ नेपाली समाजले प्राप्त गरोस् भन्ने कुरामा सचेत अनि क्रियाशील छ ।

यस क्रममा हामीलाई साथ-सहयोग दिने तमाम शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै यहाँहरुको माया नेपालखोजले निरन्तर प्राप्त गरिरहने आशा एवं विश्वास व्यक्त गर्दछौं । आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा सबै सहकर्मी, सहयोगी, विज्ञापनदाता अनि पाठक एवं दर्शकका साथ तमाम शुभचिन्तकहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै विजया दशमी हर्षोल्लासका साथ बितोस् भन्ने कामना गर्दछौं ।

सुवास शर्मा
अध्यक्ष
सरस्वती इभेन्ट्स प्रा.लि.

प्रतिक्रिया