मंगलबार, वैशाख १६, २०८२

बाँधौं

रसज्ञ छहरा २०७८ कार्तिक १३ गते १०:०८


आकाश बाँधौं
पाताल बाँधौं
दायाँ नि बाँधौं
बाँया नि बाँधौं

चौतर्फ बाँधौं
चौकोण बाँधौं
चौकोस बाँधौं
चौबास बाँधौं

चण्डाल बाँधौं
बोक्सी नि बाँधौं
भोगी नि बाँधौं
ती भ्रष्ट बाँधौं

लुट्ने र ढाँट्ने
आफन्त मास्ने
पार्ने छ जो धौ
रोजेर बाँधौं

हाम्रो अवस्था
भाड्ने व्यवस्था
पाता कसी लौ
खोजेर बाँधौं

नेता न सेता
ठग्ने छ क्रेता
मोसो नि पोतौं
छानेर बाँधौं

जो देश द्रोही
साध्ने छ कोही
त्यस्ता न साँचौं
खोजेर बाँधौं

छन्द :- हारी
कावासोती -३ नवलपुर, नेपाल

प्रतिक्रिया