शनिबार, वैशाख २९, २०८१

भिटामिन ‘डी’ कमी भयाे ? यसरी गर्नुहाेस् उपचार

डा. हेमराज कोइराला २०७८ कार्तिक १५ गते ८:३६

काठमाडौं । भिटामिन डीले हड्डी, दाँत र मांसपेशीलाई बलियो र स्वास्थ्य बनाउन सहयोग गर्छ । अहिले वैज्ञानिकहरूले उक्त भिटामिनले रोग प्रतिरोधात्मक प्रणालीलाई पनि सुदृढ पार्न सक्ने विश्वास गर्न थालेका छन् । उक्त गुणकै कारण यो तत्त्व कोभिड–१९ सँगको संघर्षमा उपयोगी हुन सक्ने ठानिएको छ । आज भिटामिन डीको कमी भए के हुन्छ र कसरी यो समस्याबाट जोगिने भन्ने विषयमा चर्चा गरौं ।

भिटामिन डी दुई प्रकारका हुन्छन् । त्यो हो डी–टू र डी–थ्री । भिटामिन डीलाई अर्गोक्यासिफेरले भनिन्छ । यो मिश्रित आहार वनस्पति आहार र पुरक आहारमा पाइन्छ ।

भिटामिन डी थ्री लाई कोलेक्याल्सिफेरोल भनिन्छ । यो मिश्रित आहार माछा, मासु, अण्डा, कलेजो आदिमा पाइन्छ । प्राकृतिक रूपमा सूर्यको किरणको उपस्थितमा यो भिटामिन शरीर भित्रै पनि बन्छ ।

भिटामिन डी को कमिमा देखिने लक्षण :
१) थकान ।
२) मांशपेशी एवं हड्डीमा दिर्घकालिन पीडा ।
३) तौल बढ्ने ।
४) हड्डी र मांशपेशीहरूमा ऐठन र कमजोरी ।
५) जोर्नी दुख्ने ।
६) निन्द्रा कचमिच रहने ।
७) मानसिक तनाव ।
८) स्मृतिनास ।
९) टाउको दुख्ने ।
१०) रक्तचाप बढ्ने ।
११) नरमाइलो लागि रहने ।
१२) एकाग्र, ध्यानात्मक र लयात्मक हुन नसक्ने ।
१३) इच्छाशक्तिमा कमि ।
१४) घोर निरासा ।
१५) बेचैनी ।

भिटामिन डी कम हुने कारण
१) खानामा भिटामिन डी युक्त खानेकराको कमी ।
२) घाममा ‘एक्सपोज’ हुन नसक्ने जीवनशैली ।
३) सूर्यको किरण प्रतिरोधी निवास, भेषभुषा र मौसम ।
४) धेरै कालो छालाः छालामा भएको मेलालिन पीगमेण्टले सूर्यको अल्ट्रामाइलेट बी लाई प्रतिरोध गरि भिटामिन बन्न दिदैन ।
५) पाचन प्रणाली कलेजो एवं मृगौला सम्बन्धि रोग ।
६) मोटोपन ।
७) तनाव चिन्ता भय उदासिनता अनिन्द्रा र अन्य मनोवैज्ञानिक समस्या ।
८) क्रोन्स डीजिज, सिस्टिक फाइब्रोसिस, सिलियाक रोग जस्ता रोगः जस्ले भिटामिन डी का अवेशेषणलाई प्रभावित गर्छ ।

भिटामिन डी को श्रोत
खानाबाट पर्याप्त मात्रमा भिटामिन डी पाउन गाह्रो छ । मासुजन्य वस्तुबाट लिदा पनि त्यसबाट भिटामिन डी त पाइएला तर त्यसका धेरै ‘साइड इफेक्ट’ छन् । यस्तो स्थितिमा भिटामिन डी प्राप्त गर्ने भरपर्दो श्रोत भनेकै सूर्यको किरण ताप्नु र शरीर भित्रै भिटामिन डी बन्ने क्रियालाई बटुवा दिनु हो ।

यी केही खानेकुरामा पाइन्छ भिटामिन डी
१) बोसो भएको माछा/माछाको तेल
२) कलेजो
३) अण्डाको पहेंलो भाग
४) पनिर, चिज, नौनी, दुध
५) मर्जारिन
६) भिटामिन डी मिसाइएको खानेकुरा

कमी भए प्राकृतिक उपचार
१) भिटामिन डीको स्तर सुधार्न दैनिक ४५ मिनेट देखि १ घण्टा सम्म कटिवस्त्र मात्र लगाएर घाम तापौं ।
२) बाहिर घुमफिर गर्न निस्कदा सन्ब्लक लोसन वा सनस्क्रिनको प्रयोग नगरौं ।
३) घाम तप्न नपाउने वा नसक्नेले भिटामिन डी मिसाइएको आहारलाई खानामा समावेश गरांै ।
४) भिटामिन डी को स्तर कम देखिएकाले भिटामिन डी को सप्लिमेन्ट लिने गरौ ।
५) कम नभएकाले राम्रो क्वालीटिको मल्टिभिटामिन लिने गरौ ।
६) बेलाबेलामा भिटामिन डी को स्तर चेक जाँच गर्ने गरौं ।
७) तेल मालिसले भिटामिन डी को कमिमा राम्रो काम गर्दछ ।
८) कुरीलोको जरा मेथीको धुलो वा अंकुरित, विजयशालको काठको सेवनले पनि भिटामिन डी को कमीले उत्पन्न समस्या समाधान गर्न मदत गर्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया