देउवा-मोदीबीच भेट हुँदै, आपसी हितका विषयमा छलफल हुने

नेपालखोज २०७८ कार्तिक १६ गते १०:५८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज स्कटल्यान्डको ग्लास्गोमा भेट हुने भएको छ ।
प्रधानमन्त्री देउवाले हिजो भारतीय प्रधानमन्त्री मोदीसहित बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसलगायत विश्वका नेताहरुसँग अनौपचारिक भेटघाट गरेका थिए ।

प्रधानमन्त्री देउवाले हिजो यूकेको ग्लास्गोमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप २६ मा विश्व नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै विश्वका नेताहरूलाई हिमालको विशिष्ट जलवायु जोखिम पहिचान गर्न र जलवायु सम्बन्धी सबै वार्ताहरूमा हिमालयको एजेन्डालाई उच्च प्राथमिकता दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया