बिहीबार, वैशाख २०, २०८१

‘को पत्रकार को गैरपत्रकार ?’ (भिडियोसहित)

व्यावसायिक योग्यताको आवश्यकता सही सूचना सम्प्रेषण गर्नेमा हुन्छ । त्यसकारण सही सूचना सम्प्रेषण गर्ने हो भने विधिगत ज्ञान र योग्यता जरुरी हुन्छ ।

नेपालखोज २०७८ कार्तिक २३ गते १२:५९


पत्रकार भनेको को हो ? यो प्रश्न अहिले टड्कारो बनेको छ । बुम र माइक समातेर कुद्ने सबै पत्रकार हुन् त ? सञ्चारमाध्यममा अहिले कार्यरत जनशक्ति कस्ता छन् ? उनीहरुले पत्रकारिता बुझेका छन् या छैनन् ? सञ्चारमाध्यममा पत्रकारिता अध्ययन कत्तिको प्राथमितामा परेको छ ? पत्रकार हुँ भनेर पत्रकारिता गरिरहेका भनिनेबाट सम्प्रेषण भएका समाचारहरू कस्ता लाग्छन् ? यी विषयका बारेमा पत्रकारिताका पढ्ने विद्यार्थीका गुरु अर्थात् प्राध्यापक डा. सुधांशु दाहालसँग नेपालखोजले सोधेको छ ।
नेपालखोजको नियमित स्तम्भअन्तर्गत ‘पत्रकारिताका कुरा’ मा हामीले आज काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. सुधांशु दाहाललाई को पत्रकार को गैरपत्रकार ? भन्ने विषय बुझ्न खोजेका छौं । सुनौं डा. दाहालका कुरा :

हाइलाइट्स :
–सञ्चारमाध्यममा रहेका जनशक्ति कस्ता–कस्ता छन् ? सञ्चारमाध्यममा पत्रकारिता अध्ययन कत्तिको प्राथमितामा परेको छ र उनीहरूले सम्प्रेषण गरेका समाचारहरू कस्ता लाग्छन् ? भन्ने कुरा जहिले पनि ‘टसल’ रहेको छ ।
–पढेर पत्रकार बन्ने र गरेर पत्रकार बन्ने कुन ? को पत्रकार को गैरपत्रकार, वास्तवमा पत्रकार भनेको अथवा पत्रकारिता भनेको सूचनालाई प्रवाह गर्ने हो भन्ने बुझ्नु हुन्छ भने हर कोही पत्रकार । जस्तो जसले सूूचना प्रवाह गर्न सक्छ त्यो पत्रकार हो ।
–अहिले सूचना प्रवाह गर्ने माध्यमहरू अत्यन्तै बढेका छन् । तपाईंले यसलाई मूल पेसा मान्नुहुन्छ भने अध्ययन महत्त्वपूर्ण हुन्छ । पत्रकारिताभन्दा अरू जुनसुकै विषय पढेकाले पनि सूचना सम्प्रेषण गर्न सक्छन् तर व्यावसायिक योग्यताको आवश्यकता सही सूचना सम्प्रेषण गर्नेमा हुन्छ । त्यसकारण सही सूचना सम्प्रेषण गर्ने हो भने विधिगत ज्ञान, विधिगत योग्यता जरुरी हुन्छ ।
–पत्रकारिता पढेकाले पनि गरेका छन् । नपढेकाले पनि । त्यसले गर्दा पत्रकारिता यस्तै हो भन्ने सामाजिक बुझाइ बलियो रूपमा बढ्दै गको छ । त्यसलाई चिर्न पनि जरुरी छ ।
–समाजलाई यो कुरा बुझाउन जरुरी छ । अध्ययन नगरेकाले पनि मिडियामा संलग्न हुनु हुँदैन भन्ने पनि होइन । तर तपाईं सही सूचना खोज्नुहुन्छ, सही सूचना सम्प्रेषण गर्नुहुन्छ र समाजलाई गलत बाटोतिर जान दिनु हुन्न भने योचाँहि महत्त्वपूर्ण कुरा हो ।

हेर्नुहोस् भिडियो :

युट्युबमा कस्ता कन्टेन्ट भाइरल ! (भिडियोसहित)

किन चल्छ ब्रेकिङ न्युजको होड ? (भिडियोसहित)

प्रतिक्रिया