शनिबार, जेठ ४, २०८२

टी–२० विश्वकप क्रिकेट : आजबाट सेमिफाइनल चरणका खेल सुरु हुँदै

नेपालखोज २०७८ कार्तिक २४ गते ७:०६

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आजबाट सेमिफाइनल चरणका खेल सुरु हुँदैछ ।

आबुधाबीमा हुने सेमिफाइनलको पहिलो खेलमा बेलुका पौने ८ बजे इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै छन् । सुपर १२ को समूह १ बाट इङ्ग्ल्यान्ड विजेता र न्युजिल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

अर्को सेमिफाइनलमा भोलि पाकिस्तान र अस्ट्रेलिया खेल्ने छन् । अहिलेसम्म अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पाकिस्तान यो विश्व कपमा एक्लो टोली हो ।

पाकिस्तान समूह १ को विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

प्रतिक्रिया