पार्टी निकट पत्रकारलाई नेपालकाे निर्देशन- जाँडरक्सी नखानुस्, खाएको थाहा पाए राम्रो मान्दिन

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरुलाई जाँडरक्सी नखान निर्देशन दिएका छन् । अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरुले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताए ।
पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जाडरक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारहरुलाई आग्रह गरे ।
अध्यक्ष नेपालले भने, ‘तपाईंहरुमा पनि साँझ पर्ने वित्तिकै पाँचतारे होटेल धाईधाईकन नखाईकन निन्द्र नलाग्ने अवस्था पक्कै पनि छैन होला । यो कुरा भएको थाहा पाए भने म राम्रो मान्दिन । तपाईंको स्वास्थ्यलाई पनि खराब गर्छ । म सझुाव दिन चाहन्छु–रक्सीले मान्छेको स्वास्थ्य खत्तम पार्छ । आयू घटाउँछ, रोग निम्त्याउँछ । रोगी बन्नु हुन्छ तपाईं । तपाईंको पैसाको दूरुपयोग हुन्छ । तेस्रो घर कलह सुरु हुन्छ । त्यसपछि तपाईको खराव बानीव्यहोरा छोराछोरीमा जाने डर हुन्छ । त्यसले समाजमा ठूलो विकृति बढदछ । समाजमा कलह पैदा हुन्छ । त्यसो हुनाले व्यक्तिको प्रतिष्ठा बढदैन । सम्मान बढदैन । जाडरक्सी खायो भने प्रतिष्ठा बढला भन्ने नठान्नू होला । विहान उठने वित्तिकै एक प्याक ल्याउ भन्नेहरु हुन्छन । त्यो हो भने ठिक हुँदैन । खाँदै नखानुस् पहिलो कुरा । नखाए तपाईँको वेट घटदैन । राम्रो चिज खानुस् । राम्रो स्वास्थ्य बनाउनुस । तगडा हुनुस् । दिगाग तिखो बनाउनु र राम्रो काम गर्नुस् ।’
अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रविधिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरुलाई आग्रह गरे ।
उनले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दाबी गरे । त्यसका लागि अहिले पनि व्यक्तिवाद, निरंकुशतावादविरुद्धको लडाई लडिरहनु परेको अध्यक्ष नेपालको भनाइ थियो ।
प्रतिक्रिया