शनिबार, वैशाख १३, २०८२

सूर्य वृश्चिक राशिमा : कुन राशिलाई लाभ, कसलाई हानि

नेपालखोज २०७८ मंसिर ३ गते ७:३०

सूर्य नवग्रह मध्ये सबैभन्दा ठुला ग्रह हुन। ज्योतिष शास्त्रअनुसार सूर्य आत्मा, पिता तथा राजनीति आदिका कारक हुन्। सूर्य सबै भन्दा मजबुत, आधिकारिक र शक्तिशाली ग्रह मानिन्छन् । सूर्य शक्ति, अधिकार तथा स्थितिको प्रतिक पनि हुन्। यदि कुन्डलीमा सूर्य मजबुत स्थानमा छन् भने उच्च पद तथा मान-सम्मान प्राप्त हुन्छ । कुन्डलीमा सूर्य शुभ स्थिति छैनन् भने जीवनमा अनेकौं किसिमका समस्या सृजना हुन सक्छन् भन्ने मान्यता छ । सूर्यले कार्तिक ३० गते मंगलबारदेखि राशि परिवर्तन गरि तुला राशिबाट वृश्चिक राशिमा गोचर गरेका छन् ।

ग्रहहरुको राजा सूर्य कार्तिक ३० गते दिउँसो १ः४ बजे वृश्चिक राशिमा प्रवेश गरेका छन् जहाँ उनी ३० दिनसम्म रहनेछन्। त्यस पछि सूर्य मंसिर २९ गते बिहान ३ स् ४३ बजे धनु राशिमा जानेछन् । सूर्यको यो राशि परिवर्तनले केहि राशिलाई लाभ पुर्याउने छ, भने केही राशिले सावधान रहनु पर्नेछ ।

मेष : सूर्यको यो राशि परिवर्तन मेष राशिका लागि केहि समस्या लिएर आएको छ । अचानक धन हानी तथा स्वास्थ समस्या सृजना हुन सक्छ । स्वास्थमा खासगरि छालाको समस्या, ज्वरो तथा निन्द्रा सम्बन्धी समस्याले सताउन सक्छ । यो समयमा स्वास्थ्यको विशेष हेरविचार गर्नु होला । अनावश्यक गफ वा विवादबाट जोगिनु पर्नेछ । खर्च बढनेछ । साथीभाईको मदतले कतिपय चिजमा नियन्त्रण कायम गर्न सकिनेछ ।

वृष : जीवन साथीसँगको सम्बन्धमा तनाव बढन सक्छ, भने अविवाहित पुरुषहरुका लागि विवाहको योग छ । जागिर खाने महिलाहरुका लागि समय अनुकूल छ । नयाँ सवारी साधन खरिद हुन सक्छ । व्यवसायिक क्षेत्र लाभप्रद देखिन्छ। आध्यात्मिक यात्रा सफल हुनेछ। जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनु होला ।

मिथुन : सूर्यको प्रभावले सरकारी क्षेत्रमा सफलता हात पर्नेछ । खर्चमा नियन्त्रण रहनेछ, जसले आर्थिक सन्तुलन कायम राख्नेछ। नौकरी तथा व्यवसायबाट राम्रो लाभ लिन सकिनेछ । उन्नति- प्रगतिको समाचार सुन्न पाईएला । मेहनतको भरपुर फल प्राप्त हुनेछ । नयाँ घर वा वाहन खरिदने योजना बनाउनेहरुक‍ो मनोकामना पुरा होला । घरेलु जीवनको आनन्द उठाउन सकिनेछ। राम्रो खबर पनि सुन्न पाईएला ।

कर्कट : सूर्यको राशि परिवर्तनले मिश्रित फल दिनेछ । केहि गलत फहमीका कारण प्रेम जीवनमा केहि समस्या सृजना होला । जीवनसाथीसँग क्वालिटी समय बिताउने प्रयास गर्नु होला । बातचितबाटै आपसी मतभेदको हल खोज्नुपर्नेछ । घर वा अन्य प्रकारका निर्माण कार्यमा सफलता देखिन्छ। व्यवसायिक रूपले महत्वपूर्ण निर्णयहरु लिइनेछ। धार्मिक कार्यमा पनि व्यस्त रहनु पर्ला । राजनीतिमा भएकाहरुले सफलता हात पार्नेछन् । आफूलाई शान्त राख्ने प्रयास गर्नुहोला ।

सिंह : सूर्यको गोचर परिवर्तनले सुखद फल दिनेछ । पारिवारिक शान्ति कायम रहला । आमाको स्वास्थ्य बिग्रन सक्छ। आक्रमकता र अहंकारबाट टाढैं रहनु होला । धन आर्जन गर्न सकिनेछ । व्यापारीहरुलाई लाभ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक कार्यमा भाग लिनु लाभदायक सिद्ध हुनेछ । सामाजिक छविमा वृद्धि होला । खर्च वृद्धिले सताए पनि सबै काम निर्वाध सम्पन्न हुनेछन् ।

कन्या : आफ्नो जीवनकै राम्रो समय देख्न पाईनेछ । आर्थिक रूपले स्थिति मजबूत छ । सफलता तर्फ अग्रसर हुन पाईनेछ। आफ्नो उज्ज्वल भविष्यका लागि निवेश गर्नु होला । छात्र- छात्राले सफलता पाउनेछन् । अप्रत्यासित स्रोतबाट धन प्राप्ति होला । सूर्यले तपाईंको आत्मविश्वास र साहस बढाउनेछ । एक ऊर्जावान व्यक्तिका रूपमा जीवन साथीसँग राम्रो समय बिताउन पाईनेछ । साथिभाइ तथा सहकर्मीहरुले भरपुर सहयोग दिनेछन् ।

तुला : आर्थिक लाभ हुने सम्भावना छ । व्यवसायिक सफलताले मन प्रसन्न बनाउने छ । यद्यपि यो नयाँ व्यवसायमा हात हाल्ने राम्रो समय होइन् । सूर्य तपाईको मानसिक तथा अहंकारसँग जोडिएको हुँदा आत्म केन्द्रित प्रवृत्ति विकसित हुन सक्छ । त्यसले आफन्तहरु प्रभावित हुन सक्छन् । खर्च र बचतमा ध्यान दिनु पर्नेछ। सन्तुलित भोजनमा जोड दिनुहोला । नियमित आम्दानीको योग छ ।

वृश्चिक : स्वभावमा आक्रमकता देखा पर्न सक्छ । काम र करियरमा केहि लाभ हुन सक्छ । तपाईंको प्रयासमा पिता वा पिता समान व्यक्तिहरुबाट पूर्ण सहयोग प्राप्त हुनेछ। हल्का ज्वरो तथा टाउकाको पीडाले सताउन सक्छ । स्वास्थ्यको ख्याल राख्नु होला । स्वस्थ्य रहन विशेष रूपले स्वस्थ जीवन शैली अपनाउनु पर्नेछ । तपाईंको रुचि जीवनका विविध क्षेत्रमा देखिनेछ ।

धनु : लामो यात्रा हुन सक्छ। स्वास्थ सावधानी अपनाउनु होला किनभने ज्वरो तथा पेट सम्बन्धी बिमारीको योग देखिन्छ । खर्च पनि बढि नै होला । व्यापारमा लागेका तथा विदेशसँग जोडिएकाहरुले राम्रो खबर सुन्न पाउनेछन् । सूर्यको यो गोचरले केहिमा भने उच्च दबावक‍ो स्थिति सृजना गर्न सक्छ । करियर स्थिर भए जस्तो लाग्न सक्छ । आत्मविश्वासमा कमी देखिनेछ ।

मकर : लाभदायक समय रहनेछ। मान-सम्मान वृद्धि हुनुका साथै अरुको आकर्षणको केन्द्र बन्न सकिनेछ । एकाग्र र दृढ़ निश्चयी रहेर विभिन्न कुरालाई आफु अनुकूल बनाउन सकिनेछ । धन आर्जनको संकेत पनि छ । विस्तारै अघि बढे पनि निजी तपाईंको जीवनसमेत लाभान्वित हुनेछ । शिक्षा क्षेत्रमा सफलता देखिन्छ । उच्च अध्ययनसमेत गर्न पाइएला ।

कुंभ : अनुकुल समय आएको छ । जागिरको खोजिमा रहेका तथा नोकरी परिवर्तन वा पदोन्नतिको अवसर खोजिरहेकाहरु भाग्यशाली साबित होलान । कार्यस्थलमा उत्पादकता तथा कार्यकुशलतामा वृद्धि हुनेछ ।

मीन : सूर्यको यो गोचरले मीन राशि हुनेहरुलाइ कठिन परिश्रम गराउनेछ । काम पुरा गर्न निकै मेहनत गर्नु पर्नेछ । भाग्यले आफुलाइ साथ नदिए जस्तो लाग्न सक्छ । घरमै पनि तनावपूर्ण समयको सामना गर्नुपर्नेछ । बुबाको स्वास्थ्य प्रभावित हुन सक्छ । कामका सिलसिलामा पनि केही तनाव होला । यात्रा पनि गर्नुपर्ने हुनसक्छ । समाजमा मान-सम्मान बढनेछ भने तपाईंको परोपकारी स्वभावको प्रशन्सा हुनेछ । आध्यात्मिक झुकाव बढनेछ ।

प्रतिक्रिया