जिसससँग जोडिएका दश रहस्य !

गोस्पेलका अनुसार मानिसहरूलाई मार्गदर्शन गर्न यशुले यो धर्तीमा जन्म लिएका थिए । आज २५ डिसेम्बर उनको जन्म दिन हो । हरौं जीससँग सम्बन्धी केही तथ्य :
यसरी रहयो यीशुको नाम
यीशुको नाम देवदुतले राखिदिएका हुन् । बाइबलमा उल्लेखअनुसार स्वर्गका एक दुतले यीशुकी आमा कहाँ पुगेर भने, तिमी माथि ईश्वरको विशेष कृपा छ र उहाँ तिम्रो साथमा हुनुहुन्छ । देवदुतको कुरा सुनेर मेरी आत्तीईन । स्वर्गदुतले उनलाई सम्झाए – डराउने कुरा छैन । तिमीले एक शिशुलाई जन्म दिनेछौं जसको नाम जीसस हुनेछ र उसको राज्य कहिल्यै समाप्त हुनेछैन ।
जीससको थर क्राइस्ट होइन
धेरैलाई के लाग्छ भने क्राइस्ट जीससको थर हो तर यो सत्य होइन । पहलो सताब्दी तिर प्यालेस्टाइनमा मानिसहरुको थर हुँदैनथ्यो । त्यतिबेला आमा-बुबाको नामबाटै छोराछोरीको पहीचान गरिन्थ्यो । क्राइस्ट शब्द ग्रिक भाषाको क्राइस्टोसबाट आएको हो जसको अर्थ मसिहा हुन्छ ।
यशुको जन्म तिथि
२५ डिसेम्बरका दिन यशुको जन्मदिन मनाइन्छ । यद्यपि यो दिनका सम्बन्धमा एक मत भने छैन । धेरै पहिले हिप्पोलिटस र जोन क्रिसस्टोम जस्ता इसाई नेताले २५ डिसेम्बरका दिन यशुको जन्मदिन मनाउने निर्णय गरेका थिए । केही मानिसहरु भने यशु चिसो मौसममा नभएर पतझडको मौसममा जन्मिएको विश्वास गर्छन् ।
थुप्रै भाई-बहिनी
मैथ्युका गोस्पेलका अनुसार जीससका थुप्रै भाई-बहिनी थिए । उनका चार दाजुभाइको नाम जेम्स, जोसेफ, सायमन तथा जुडास थियो ।
यशुले गरेका काम
यशु पहिले कारपेन्टरको काम गर्थें । खासमा यशुका एक भाई जोसेफ कारपेन्टर थिए र उनैले यशुलाई यो काम सीकाएका थिए । पछि शहरका मानिसहरुले उनलाई कारपेन्टरका रूपमा चिन्न थाले ।
यशु धेरै नै साधारण थिए
यशुको शारीरिक बनावटका बारेमा त्यति धेरै जानकारी उपलब्ध छैन । तर के भनिन्छ भने उनी निकै साधारण किसिमका मानिस थिए ।
यशुको पहिलो चमत्कार
भनिन्छ यशुले ठूला-ठूला चमत्कार देखाएका थिए । उनले आफ्नो पहिलो चमत्कार कानामा भएको एक विवाह समारोहमा देखाएका थिए । त्यहाँ पानीलाई रक्सि बनाएर देखाइदिए पछि चारै तिर उनको चर्चा हुनथाल्यो ।
कैंयन भाषाका ज्ञाता
पहलो सताब्दी तिर प्यालेस्टाइनमा यहुदीहरुले बोल्ने प्राथमिक भाषा अरमाइक थियो । यीशु चाहिँ आरामाइक, हिब्रू , ग्रीक लगायत कैंयन भाषाका ज्ञाता थिए ।
यशु शाकाहारी थिएनन्
मैथ्युको गोस्पेलका अनुसार यशु शाकाहारी थिएनन् । उनी अरु यहुदिहरु सरह मासु खान्थे । यशु नियमित रूपले माछा खान्थे ।
४० दिन लामो उपवास
बाइबलमा उल्लेख भए अनुसार यशु एक पटक ४० दिन लामो उपवास बसेका थिए । साधारणतया: आम मानिसले यति लामो उपवास बस्न सक्दैनन् ।
प्रतिक्रिया