आइतबार, असार २२, २०८२

प्रुडेन्सीयल इन्स्योरेन्सको प्रमुख कार्यकारीमा रावल नियुक्त

नेपालखोज २०७८ पुष २० गते २१:४३

काठमाडौं । प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदमा श्रवण रावल नियुक्त भएकाछन । कम्पनीको यही पुस २० गते अर्थात आज बिहान बसेको सञ्चालक समितीको दुई सय २३ औं बैठकले रावललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

कम्पनीका अनुसार प्रमुख कार्यकारी रावललाई मंगलबारबाट नै कार्यान्वयनमा आउने गरी आगामी चार बर्षको लागि नियुक्त गरिएको हो । नवनियुक्त प्रमुख कार्यकारी रावल यसअघि सोही कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृतकोरुपमा रहेका थिए ।

प्रतिक्रिया