पर्यटनमन्त्री आलेको सचिवालयका थप दुई जनालाई कोरोना
नेपालखोज
२०७८ माघ ४ गते ११:३०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना पुष्टि भएको छ । सोमबार मन्त्री आलेसहित स्वकीय सचिव हेमन्त रेग्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट र प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । सोमबार गरिएको कोरोना परीक्षणमा उनीहरू दुवै जनालाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।
पोजेटिभ देखिएकाहरूको अवस्था सामान्य रहेको र मन्त्री आलेसहित सबै होम आइसोलेसनमा बसेको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया