सोमबार, वैशाख १५, २०८२

कन्हैयाको ‘छोडी गयौ मलाई किन…’ (भिडियोसहित)

नेपालखोज २०७८ माघ १५ गते ७:१०

काठमाडौं । गायक तथा संगीतकार कन्हैयासिंह परियारको आधुनिक गीत ‘छोडी गयौ मलाई किन…’ सार्वजनिक भएको छ ।

माया-प्रेम, मिलन-विछोडलाई निकै मार्मिक ढंगबाट प्रस्तुत गरिएको गीतको शब्द रचना तथा संगीत ज्योति प्रकाशको हो । कन्हैयासिंहकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा कलाकार तथा मोडल अपेक्षा सिंह, रुडी शर्मा र रमेश आचार्यको सशक्त अभिनय छ । उसो त अपेक्षा कन्हैयाकै पुत्रीसमेत हुन् ।

लामो समयदेखि गीत-संगीत क्षेत्रमा सक्रिय कन्हैयाको ‘छोडी गयौ मलाई किन…’ को भिडियो अमेरिकाको न्युयोर्क सहरका विभिन्न स्थानमा छायांकन गरिएको हो । गीतको निर्देशन, छायांकन तथा सम्पादन भने ओम कर्माचार्यले गरेका हुन् ।

प्रतिक्रिया