बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी तामाङ पक्राउ
नेपालखोज
२०७८ फागुन ४ गते १७:५४

काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवनका अनुसार दोलखाको साविक बुलुङ गाविस वडा-१ का मोहन बहादुर तामाङ पक्राउ परेका हुुन ।
महाशाखाका अनुसार काठमाडौं जिल्ला अदालतको पत्रले प्रतिवादी सुमन कार्की समेत भएको लिखत सम्वन्धी कसुर मुद्धामा काठमाडौं जिल्ला अदालतबाट पुस १२ गते पक्राउ पुर्जी जारी भई फरार रहेका तथा उच्च अदालत पाटन ललितपुरको वि.सं २०७६ साल चैत्र ४ गतेको फैसलाले बैंकिङ कसुर मुद्धामा फरार रहेका प्रतिवादी तामाङलाई काठमाडौको बोद्धबाट मंगलबार पक्राउ गरेको हो । बुधबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया