बजारमा ‘ओए कमला’ !
नेपालखोज
२०७९ असार २० गते १७:०९

काठमाडौं । अस्ट्रेलियामा रहेर नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल गायक रामकृष्ण निरौलाको नयाँ गीत ‘ओए कमला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार विक्रम केसीको शब्दरचना र सुनील रोक्काको संगीत रहेको नृत्य शैलीको यो गीतमा गायक निरौलालाई गायनमा काब्य आचार्यलले साथ दिएकी छिन् ।
लोकप्रिय नायक पुष्प खड्का र मोडेल बिना राउतले अभिनय गरेको ‘ओए कमला’को भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन् । रमणीय स्थल शुभतारत स्कुल लामाटारमा छायाँकन गरिएको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्तम हुमागाईंको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन छ ।
गायक निरौलाको यसअघि सार्वजनिक ४० बर्ष अघिको कथामा बनाइएको ‘काजिको घोडा’ गीतलाई स्रोता दर्शकले अत्यधिक मन पराएका थिए ।
सम्बन्धित
प्रतिक्रिया