शुक्रबार, वैशाख ७, २०८१

‘छक्का पन्जा ४’ फागुन १९ गते प्रदर्शन हुने

नेपालखोज २०७९ भदौ ३१ गते १२:२७

काठमाडौं । ‘छक्का पन्जा ४’ फागुन १९ गते प्रदर्शन हुने भएकाे छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले फेसबुकमा लेख्दै फागुन १९ गते चलचित्र प्रदर्शनमा आउने जानकारी दिएका हुन् । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भईरहेको ‘छक्का पञ्जा–४’लाई हेमराज बिसीले निर्देशन गरिरहेका छन् । ‘छक्का पञ्जा’का यसअघिका तीनवटै शृंखला भने दीपाश्रीले निर्देशन गरेकी थिइन् ।

चलचित्रको छायाँकन अझै १० प्रतिशत बाँकी रहेको र सम्पादनको काम पनि चलिरहेको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायत कलाकारहरूको अभिनय रहनेछ । दीपक–दीपा प्रस्तुतकर्ता रहेको फिल्ममा कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् ।

प्रतिक्रिया