बिहीबार, वैशाख १३, २०८१

‘मुक्तिनाथ आशीर्वाद बचत खाता’ सञ्चालनमा

नेपालखोज २०७९ असोज २ गते १७:४३

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार निक्षेपकर्ताहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र नेपालमै पहिलो पटक सर्वाधिक एक करोड एक लाख रुपैंयाँसम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ योजना सञ्चालनमा ल्याईएको हो ।

मुक्तिनाथ आशिर्वाद बचत खाता गोल्ड क्याटागोरी मा न्यूनतम ५० हजार रुपैंयाँ मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको दुई जना सदस्यहरुको लागि ३० लाख गरी कुल ५१ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन ।

यसै गरी मुक्तिनाथ आशिर्वाद बचत खाता प्लाटिनम क्याटागोरीमा न्यूनतम १० लाख रुपैयाँ मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको चार जना सदस्यहरुको लागि ८० लाख गरी कुल एक करोड एक लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।

बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुनेछ । थप जानकारीको लागि बैंकको १७६ वटै शाखा कार्यालयहरुमा सम्पर्क गर्न र मिस्डकल बैंकिङ्ग (मोबाईल नं.९८०१११००२२) मार्फत समेत जानकारी लिन सकिनेछ ।

साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया