शुक्रबार, वैशाख २६, २०८२

नवौं राष्ट्रिय खेलकुद : पुलिसको दोस्रो जित

नेपालखोज २०७९ असोज २६ गते १७:१४

काठमा‌डाै‌ । नवौं राष्ट्रिय खेलकुद अन्र्तगत महिला क्रिकेटको समूह बीमा चार अंकसहित विभागीए क्लव नेपाल प्रहरी शिर्ष स्थानमा रहेको छ । पोखरास्थित क्रिकेट रंगशालामा भएको खेलमा पुलिसले प्रदेश एकलाई ११८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिस क्लवले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५८ रन बनाएको थियो । १५९ रनको लक्ष्य पछ्याएको प्रदेश एकले निर्धारित २० ओभरमा विकेट गुमाउँदै ४० रनमात्र बनाउन सफल भयो । यसअघि पुलिसले पहिलो खेलमा कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको थियो । 

प्रतिक्रिया