शनिबार, जेठ ५, २०८१

९ अंकले घट्याे नेप्से, ८० करोड ३५ लाखको सेयर किनबेच

नेपालखोज २०७९ असोज ३० गते १६:१६

काठमाडौं । नेप्से ऋणात्मक देखिएको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नै नेप्से ९ दशमलव ६९ अंकले घटेर १८ सय ६० दशमलव ९४ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७२ अंकले घटेर तीन सय ६५ दशमलव ४२ अंकमा झरेको छ ।

दुई सय २१ वटा कम्पनीहरुको १६ हजार सात सय ७६ पटकको कारोबारमा २५ लाख ७४ हजार सात सय ८५ कित्ता सेयर खरिद बिक्री भएकोमा आज कुल कारोबार रकम ८० करोड ३५ लाख २५ हजार पाँच सय ३३ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा बाणिज्य बैंक समूहको सुचक तीन दशमलव २५ अंकले बढेर १३ सय ११ दशमलव ५४ अंकमा पुग्दा उत्पादनमुलक समुहको सुचक पनि बढेको छ । यी बाहेक बाँकी समूहहरुको सुचक भने घटेका छन् ।

जसमध्ये बिकास बैंक समुहको सुचक ६० दशमलव सात अंकले घटेर तीन हजार तीन सय ६६ दशमलव १६ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि २१ दशमलव ८६ अंकले घटेर एक हजार नौं सय ५६ दशमलव ३१ अंकमा झरेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि ५६ दशमलव २३ अंकले घटेर सात हजार चार सय ८२ दशमलव २० अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ७६ दशमलव २३ अंकले घटेर आठ हजार छ सय ९४ दशमलव ९८ अंकमा झरेको छ ।

यसैगरी फाईनान्स, टे«डिङ, होटल तथा पर्यटन, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् । नेप्सेमा आज अभियान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले बढेर सात सय ३४ रुपैयाँ ६० पैसामा प्रतिकित्ता सेयर कारोबार भएकोमा पिपुल्स पावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर दुई सय ५५ रुपैयाँ ६० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी एभरेष्ट बैंकको प्रतिकित्ता पाँच सय १० रुपैयाँ अन्तिम मुल्यमा आठ करोड ४७ लाख ५९ हजार सात सय ३९ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया