प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौंपटक विजयी
नेपालखोज
२०७९ मंसिर ७ गते ८:११

डडेल्धुरा । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गरेका छन् । योसँगै उनले सातौँपटक जित हासिल गरेका हुन् ।
कुल ५१ हजार दुई सय तीन मतगणना हुँदा देउवा २५ हजार पाँच सय ३४ मतका साथ विजयी भएका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेद्वार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् ।
अर्का उम्मेद्वार नेपाली कांग्रेस (बीपी)का कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत प्राप्त गरेका मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया