सम्झनामा उनी !

सानी केटी २०७९ मंसिर २४ गते १३:४१

आमा गुमाएपछि
सिंगो दुनियाँ गुम्यो
म माथिको आकाश
मैले टेकेको धर्ती
म हिँडेको बाटो

मैले देखेकाे सपना
मैले गरेकाे कल्पना
धुँवासँगै विलीन भयो

धेरैपटक आमाको तस्बिर हेरेर

अँध्यारो रात काटेँ

जन्म दिनेले छाडेर गए
कर्म दिनेले काखमा हुर्काइ दिए
बचन सहने क्षमता पाउन सकिनँ
आफ्नै काख सम्झेर रमाउन जानिनँ
सहन गर्न क्षमता जुटाउन सकिन्

दुखको कर्मधारमा मन बुझाउन नसक्ने केटी
मुहार दिनभरिको हाँसो साँझ परेपछि आँसुमा बगाउने चेली
एक मात्र बाटो रोज्न सकिन्
एक मात्रै बाटो रोज्न मानिन्
साथ र सहयोग छ उहाँको..
प्रतिस्पर्धीले साथमा लिन मानेनन्

अगाडि बढ्ने कोही गर्न भविष्य बनाउने चेली
आज हेर्दा हेर्दै निराशमा बदलिने भइ त्यै बोली
खुसी र सुखका बाटो फरकफरक रहेछ
मनमा पीडा भएन ओठमा हाँसो चाहिँदो रहेछ ।

दुख भएपनि हाँसेर बाँच्नुपर्दो रहेछ !

प्रतिक्रिया