बिहीबार, जेठ ३, २०८१

मालिक !

अर्जुन पराजुली २०७९ फागुन १ गते १०:२७

उतिबेलाको मालिकको पालामा –
सडकको पेटीमा हिँडेको मान्छेलाई
मालिकको छोराले गाडीले हान्थो,
विचरा !
समातेर जेलले अरुनै गाडीको ड्राइभरलाई लान्थ्यो !
यतिबेला का मालिकहरूको पालामा –
लाठी समाउँछ मालिकले
सडकमा हिंडेको टाउकोमा मालिकले हान्छ,
विचरा !
जागिर मालिकले समातेको लाठीको जान्छ !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया