आइतबार, पुष ६, २०८२

हिमालयन बैंक र सिभिल बैंकद्धारा एकीकृत कारोबार सुभारम्भ

नेपालखोज २०७९ फागुन १२ गते ११:१६

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले एकीकृत कारोबार सुभारम्भ गरेका छन् । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती गरी आज शुक्रबारबाट हिमालयन बैंक लिमिटेड कै नाउँबाट एकीकृत कारोबार सुभारम्भ गरेको हो ।

एकीकृत कारोबार पश्चात हिमालयन बैंकको जारी तथा चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैंयाँ पुगेको छ । अधिकृत पुँजी २६ अर्ब रुपैंयाँ पुगेको बैंकको कुल पुँजी ३४ अर्ब रुपैंयाँ पुगेको छ । यसैगरी कुल निक्षेप दुई खर्ब ७४ अर्ब रुपैंयाँ पुगेको बैंकको कुल कर्जा रकम दुई खर्ब ५० अर्ब रुपैंयाँ पुगेको छ ।

एकीकृत कारोबार पश्चात बैंकको कुल सम्पती भने तीन खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल शाखा संख्या एक सय ८९ वटा पुगेको बैंकको कुल एटिएम काउन्टरको संख्या दुई सय ६३ वटा पुगेको छ । कुल कर्मचारी संख्या १९ सय ७० भन्दा बढी पुगेको बैंकको एक्सटेन्सन काउन्टरको सख्या भने २० पुगेको छ । शसक्त बैंकिङ वित्तीय सुदृढता भन्ने मुल नारासहित बैंकले एकीकृत कारोबार सुरु गरेको हो ।

एकीकृत कारोबारको लागि हिमालयनको १०० कित्ता बराबर सिभिल बैंकको ८०.२८ कित्ता सेयर हुने गरी स्वाप रेसियो कायम भएको थियो । एकीकृत कारोबार पश्चात बनेको हिमालयन बैंकको अध्यक्ष पदमा प्रचण्ड बहादुर श्रेष्ठ रहेका छन भन् प्रमुख कार्यकारी अधिकृतको पदमा अशोक शमसेर जवरा रहेका छन् ।

प्रतिक्रिया