शुक्रबार, असार १३, २०८२

चट्याङसहित वर्षा र हिमपातकाे सम्भावना

नेपालखोज २०७९ फागुन १६ गते ६:१७

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै पहाडी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ तथा देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया