त्रिदेशीय कप : उपाधिका लागि नेपाल र लाओस भिड्दै

काठमाडौ । काठमाडौमा जारी त्रिदेशीय प्रधानमन्त्री कप फुटबल प्रतियोगिताको फाइनल आज हुँदै छ । साँझ ६ बजे दशरथ रंगशालामा हुने फाइनल खेलका लागि घरेलु टोली नेपाल र लाओस आमने सामने हुन लागेका हुन् ।
यो प्रतियोगितामा नेपाल, भुटान र लाओस सहभागि थिए । जसमा नेपालले लओसलाई पराजित गर्दा भुटानसँग बराबरी खेल्दै फाइनल पुगेको हो । लाओसले भने भुटानमाथि जित दर्ता गर्दै नेपालसँग भेट पक्का भएको थियो ।
नेपाली टिममा युवा खेलाडीको बाहुल्यता रहेको छ । अधिकांश सिनियर खेलाडीले टिम छाडेर विदेश पलायन भएपछि हुन लागेको खेलको उपाधि जितेमा खेलाडीको मनोबल बढ्ने नेपाली टिमका कप्तान किरण चेम्जोङले बताएका छन् ।
यस्तै नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो एनिसले नेपाली टोलीमा अहिले अधिकांस नयाँ खेलाडी भएको र राम्रो छवि बनाउनका लागि जित निकै आवश्यक भएको बताएका छन् ।
यस्तै, भुटान अन्तिम मिनेटमा बराबरीमा रोकिएपछि फाइनलमा स्थान बनाएको लाओसका प्रशिक्षक हान्स मिकेल विसले पहिलो खेलमा नेपालबिरुद्ध संघर्ष गरेपनि फाइनलमा राम्रो गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

प्रतिक्रिया