’ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

नेपालखोज २०७९ चैत ३० गते ९:५२

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।

लिगको आठौं चरण अन्तर्गत बिहीबार हुने अन्तिम दुई खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ः४५ बजे सुरु हुनेछ ।

चर्च ब्वाइज आज चौंथो जितको योजनामा हुनेछ । चर्च ब्वाइज ७ खेलमा १३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

फ्रेन्ड्स दोस्रो जितको खोजीमा हुनेछ । फ्रेन्ड्स ४ अंक जोडेर पुछारमा रहेको छ ।

यस्तै अर्को खेल नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

पुलिस आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पुलिस ४ अंक जोडेर १३ औं स्थानमा छ ।

थ्री स्टार चौंथो जितको योजनामा छ । थ्री स्टार ११ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया