असफलताले पनि अगाडि बढाउँछ

असफलताको पीडा सबैले भोग्नु पर्छ अर्थात् जीवनमा हामी सबैले कुनै न कुनै समयमा असफलता देख्नु पर्छ । हामीले खोजिरहेको काम वा पदोन्नति अरू कसैले पाउन सक्छ । यस्तो असफलताले पनि हामी लाई अगाडि बढाउँछ । यस्तो समयमा असफलताको पीडा महसुस गर्नु पनि महत्त्वपूर्ण छ ।
यति बेला आफूलाई मन पर्ने कुरामा समय लगानी गर्नुपर्छ । आफ्नो सीपको राम्रो प्रयोग गर्नुपर्छ । हुनसक्छ हामीलाई अर्को अवसरले पर्खिरहेको छ जहाँ पुग्ने कुरा हामीले सोचेका पनि थिएनौँ ।
प्रेम र भलाइ, दुवै बढ्छन् र फिर्ता आउँछन् ।
अस्ट्रियाली मनोविश्लेषक सिग्मन्ड फ्रायडले भनेका थिए- यदि कसैसँग प्रेम छैन् भने ऊ बिरामी भएर मर्छ। प्रेमले अरूका लागि समझदारी, साख र सम्मानको भावना सिर्जना गर्दछ। हामी जति प्रेम र भलाइ फैलाउँछौँ, यो त्यति नै फिर्ता आउँछ । जब हामी आफ्नो व्यवहारमा नम्र हुन्छौँ प्रतिक्रियामा प्रेम र सद्भावना आउँछ।
विचार, भावना हाम्रै मनमा जन्मन्छन्
जब हामीलाई रिस उठ्छ तब हामी चार चरणबाट गुज्रन्छौँ । सबैभन्दा पहिले हामी सोच्छौँ उसले मेरा बारेमा के भन्यो ? त्यसपछि उसको भनाइमा रिस उठ्ने-नउठ्ने निर्णय हुन्छ । त्यसपछि हामी प्रतिक्रिया दिन्छौँ । त्यस क्रममा मनमा विचार, भावना, कार्य तथा प्रतिक्रियाहरू जन्मिन्छन् । यस्तो बेला कसैलाई पनि आफ्नो भित्री शान्ति भङ्ग गर्न दिनुहुँदैन ।
आफ्नो कामबाट आफूलाई अलग गर्ने
आफ्नो कामप्रति भावुक हुनु राम्रो हो तर यसको सीमा हुनुपर्छ। यदि आफ्नो व्यावसायिक पहिचान आफूमाथि हावी भएर त्यसले आफ्नो आत्मविश्वासलाई असर गर्छ भने त्यो ठूलो समस्या हो ।
आफुले के गरिन्छ र आफु को हो यी दुई अलग कुरा हुन र यीनलाई अलग नै रहन दिनुपर्छ । यसरी हामी आफ्नो आत्म-सम्मानको रक्षा गर्नसक्छौं र यसले काममा राम्रो परिणाम पनि दिनेछ । -एजेन्सी

प्रतिक्रिया