बिहीबार, जेठ ३०, २०८२

रास्वपाले भन्यो, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार र प्रहरीलाई साथ छ’

नेपालखोज २०८० जेठ १ गते १५:३७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार र प्रहरीलाई साथ रहेको बताएको छ । आज महामन्त्री डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै विकसित घटनाक्रमलाई सुक्ष्म ढंगले निहालीरहेको बताउदै सो प्रकरणमा संलग्न जोसुकै भएपनि छाड्न नहुने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हालै प्रकाशमा आएको नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा नेपाल र नेपालीको छविमा आँच पुर्याएको छ । यो घटनाले विश्व सामु स्वाभिमानी नेपालीको शिर झुकाएको छ । यस प्रकरणमा संलग्न जोसुकै भएपनि कुनै पनि हालतमा छाड्न हुँदैन भनी यसका घटनाक्रमलाई हामीले सुक्ष्म ढंगले नियालीरहेका छौं । हालसम्म सरकार र नेपाल प्रहरीले उठाएका कदमप्रति हाम्रो साथ, समर्थन व्यक्त गर्दछौं ।’

नक्कली भुटानी शरणार्थी प्रकरणलाई रास्वपाले सङ्गठित ठगी, राज्य विरुद्ध अपराध र अन्तर्राष्ट्रिय सन्धी सम्झौता समेतको उल्लङ्घन भनेको छ । उसले यस प्रकरणका बहुआयामिक पक्षहरुलाई केलाई अनुसन्धानलाई सोही ढंगले अगाड बढाई दोषीलाई कडाभन्दा कडा कारवाही गर्न र संदिग्ध व्यक्तिहरुको राहदानी तत्काल जफत गरी मुलुक बाहिर जानबाट रोर्नका लागि खबरदारी समेत गरेको छ ।

रास्वपा सांसदहरुले भ्रष्टाचारविरुद्ध संसद र सडक दुवै ठाउँबाट आवाज उठाउदै आएको छ ।

रास्वपाको विज्ञप्ति

प्रतिक्रिया