नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० जेठ ९ गते २२:१८

बुधबार सङ्घीय संसद्को संयुक्त बैठक बस्ने ।

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाइने सरकारको निर्णय ।

मन्त्रिपरिषद्ले पायो पूर्णता, वन तथा वातावरण मन्त्रीमा वीरेन्द्र प्रसाद महतो र विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त ।

जनमत पार्टीले बोलायो केन्द्रीय समितिको बैठक ।

रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति ।

शरणार्थी प्रकरणमा बुधबार अभियोजन दर्ता गर्ने अन्तिम तयारी ।

मधेश सरकारबाट बाहिरिने माओवादीको निर्णय ।

कोशी प्रदेशको बजेट अधिवेशन आह्वान ।

काठमाडौं उपत्यकामा ‘सम्पदा यात्रा बस सेवा’ सञ्चालन ।

पोखरामा हुने भनिएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक स्थगित ।

कामीरिता शेर्पाले गरे २८ औँ पटक सगरमाथा आरोहण ।

नेपालले यू–२३ एसिया क्लालिफायर नखेल्ने ।

नेपाल विश्वकप छनोटमा वेष्टइण्डिज र जिम्बावेको समूहमा ।

ए डिभिजन लिगमा पुलिस र खुमलटारको जित ।

प्रतिक्रिया