साताका यी खबर, पढ्न छुटाउनु भयो कि ?

नेपालखोज २०८० जेठ १३ गते २०:०६

नेपालखोजका नियमित पाठकका लागि यो साताका महत्वपूर्ण खबर एकीकृत गरेर पोष्ट गरेका छौँ । कुनै खबर तपाइँले पढ्न छुटाउनुभएको छ कि ? छ भने यसले तपाइलाई सजिलो बनाउने छ ।

१, चालु आर्थिक वर्षको १० महिनाको अवधिमा रु १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

२,  बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले छ नयाँ मन्त्री नियुक्त गरेका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

३, पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका हुन्। विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

४, रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

५, बैंकिङ क्षेत्रको कुल कर्जा रकम ४८ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

६, जिल्ला सरकारी वकिलको कार्यालयल काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर गरेको छ ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

७,  चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउनेभन्दा दोब्बर सङ्ख्यामा नेपाली विद्यार्थी विदेश जाने गरेका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

८, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

९, विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पा २८ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

१०, नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे २१ खर्ब नाघेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

११,  मधेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी बनेकाे छ । कांग्रेस दुई मन्त्रालय लिएर सरकारमा सहभागी बनेकाे हाे ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया