आईसीसी एकदिवसीय विश्वकप छनोट : भोलि नेपाल र अमेरिकाबीच खेल हुने
नेपालखोज
२०८० असार ४ गते १८:४५

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत भोलि नेपाल र अमेरिकाबीच खेल हुँदै छ ।अमेरिकाविरुद्ध नेपालको उक्त खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुने छ ।
आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल र अमेरिकाबीचको खेल पहिलो पटक हुन लागेको हो । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा भने नेपाल र अमेरिकाबीच धेरै पटक खेल भइसकेको छ ।
हालसम्म नेपाल र अमेरिकाबीचमा ६ ओडिआई खेलमा भेट भएको छ । ६ भेटमा नेपाल ३ पटक विजेता हुँदा अमेरिकाले २ पटक जितेको छ । दुईबीचको एक खेल भने टाई भएको छ ।
नेपाल र अमेरिकाबीचको पहिलो ओडिआई खेल विश्वकप लिग टू को नेपाल सिरिज अन्तर्गत भएको थियो । नेपाल र अमेरिकाबीचको पहिलो खेल २०२० फेब्रुअरी ८ मा भएको थियो । सो खेल नेपालले ३५ रनले जितेको थियो ।
सम्बन्धित

प्रतिक्रिया