शनिबार, वैशाख १३, २०८२

विवश पोखरेलका केहि मुक्तक

नेपालखोज २०८० असार ३० गते ८:०४

१ खोजी
केही खराब खोज्दैछु, केही असल खोज्दैछु
तातो बगरमा श्रमको मीठो फसल खोज्दैछु
ए जिन्दगी १ नढाँटी भन, यो कहाँ पाइन्छ
बेइमानीको बजारमा म इमान किन्ने पसल खोज्दैछु ।

२ । थाहा
हावा भरेको बेलुनको फूर्ति,
फुटेपछि थाहा हुन्छ दाना,
ठेटना हुन्छ कि फूल उठछ्,
भुटेपछि थाहा हुन्छ अरूले
धागो छोड्दा माथि,
तान्दा तल झर्नेको फुरफुर
लट्टाईबाट चङ्गाको धागो,
टुटेपछि थाहा हुन्छ ।

३ असम्भव
पानी हो भन्दैमा थोपाले, तिर्खा मेट्न सकिन्न
स्वार्थका लागि विश्वासको मुटु रेट्न सकिन्न
भ्रमको प्वाँख हालेर,
माथि माथि नउड्नू प्रिया बादलको बुई चढ्दैमा,
आकाश भेट्न सकिन्न ।

४ समय बिम्ब
पाइला चाल्न गाह्रो छ, जिन्दगीको भासमाथि
मुटु पनि आशंकित छ, आफैले फेर्ने सासमाथि
छाडेर आएको गाउँजस्तै, टाढिएको छ सम्बन्ध
बिचरो फूल रोइरहेछ,निर्मम समयको लाशमाथि ।

प्रतिक्रिया