बार्सिलोनाविरुद्ध आर्सनल विजयी

काठमाडौं । प्रि-सिजन टुर अन्तर्गतको क्लब मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब आर्सनलले स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाविरुद्ध ५-३ को जित निकालेको छ।
खेलको सातौं मिनेटमा रोबर्ट लेवान्डोस्कीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । १३औं मिनेटमा बुकायो साकाको गोलसँगै आर्सनल बराबरीमा आयो। २२औं मिनेटमा पाएको पेनाल्टीमा भने साका गोल गर्न चुके।
५५औं मिनेटमा लिआन्द्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई ३-२ को अग्रता दिलाए। ७८औं मिनेटमा टोसार्डले ब्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनल ४-२ ले अग्रता लियाे ।
८८औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले गोल गर्दै गोल अन्तर घटाएका थिए। तर एक मिनेट पछि नै फाबिओ भिएराले गोल गर्दै आर्सनललाई ५-३ को जित दिलाए।
आर्सनलले अगस्ट २ मा मोनाकोसँग प्रि-सिजनको अन्तिम खेल खेल्नेछ। बार्सिलोनाले अब प्रि-सिजनमा रियाल मड्रिडसँग जुलाई ३०, एसी मिलानसँग अगस्ट २ र टोटनहमसँग अगस्ट ८ मा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया