के हो व्यक्तित्व ?

के तपाईंले कहिल्यै सोच्नुभएको छ कि तपाईं अझै पनि बाल्यकालको जस्तै हुनुहुन्छ? तपाईको व्यक्तित्वमा कुनै परिवर्तन आएको छ ? हामी जन्मिएदेखि नै हाम्रो व्यक्तित्व बन्न थाल्छ, तर यो व्यक्तित्व जीवनभर उस्तै रहन्छ कि परिवर्तन हुन्छ?
व्यक्तित्व के हो ? जसलाई हामी व्यक्तित्व भन्छौं यो धेरै चीजहरू मिलेर बनेको हुन्छ। हाम्रो परिवेश, हाम्रो पालनपोषण र हाम्रो आफ्नै सोच तथा समझले यसमा ठूलो भूमिका खेल्छ।
व्यक्तित्व हाम्रा गुण तथा व्यवहारको ढाँचाहरूको अदभुत मिश्रण हो जसले हामीलाई परिभाषित गर्दछ। व्यक्तित्वले हाम्रो विचार, कार्य र सम्पूर्ण जीवनलाई आकार दिन्छ। के व्यक्तित्व सधैं एउटै हुन्छ? हाम्रो मनमा यो प्रश्न अक्सर उठ्छ कि हाम्रो व्यक्तित्व जीवनभर उस्तै रहन्छ कि जीवनमा धेरै चरणहरू पछि हाम्रो व्यक्तित्व परिवर्तन हुन्छ?
परिवर्तन प्रकृतिको नियम हो र परिवर्तन हरेक प्राणीमा हुन्छ । यदि परिवर्तन नभएको भए हामी कहिल्यै मानव बन्ने थिएनौं। यो विज्ञानको भाषामा परिवर्तन हो तर व्यक्तित्वको बारेमा के हो ? समयसँगै हाम्रो व्यक्तित्व पनि बिस्तारै परिवर्तन हुन्छ ?
जब हामी बालक थियौं ५ वर्षको हुँदा , सोच्नुहोस्, ५ वर्षको बाल्यकाल याद छैन भने १० वर्षको हुँदा कल्पना गर्नुहोस् र आज मानौँ तपाईँ ३० वर्षको हुनुहुन्छ भने तपाईँले आफुमा कुनै परिवर्तन देख्नुभएको छ ? व्यक्तित्व परिवर्तन भनेको परिस्थिति अनुसार रोजेको आवरण होइन, ब्यक्तित्व परिवर्तन भनेको हामि भित्रको परिवर्तन हो ।
यहाँ परिवर्तन हुनुको मतलब बानी परिवर्तन पनि होइन । हामि भित्र बसेको कुरा के परिवर्तन भएको छ ? केही मानिसहरू के विश्वास गर्छन् भने व्यक्तित्व पत्थरको लकिर जस्तो हुन्छ । हाम्रा लक्षण र गुणहरू जीवनभर उस्तै रहन्छन । अर्काथरि तर्क गर्छन् – व्यक्तित्व एउटा गतिशील ढाँचामा छ जुन बाह्य र आन्तरिक कारकहरूद्वारा प्रभावित हुन्छ। व्यक्तित्व परिवर्तनका बारेमा कुरा गर्नु अघि हामीले बुझ्नु पर्छ । व्यक्तित्व के हो?
यदि तपाइँ वेदान्त वा अन्य कुनै दर्शनको अनुसरण गर्नुहुन्छ भने तपाइँको दिमागमा व्यक्तित्वको फरक परिभाषा हुनेछ।
वेदान्तलाई पछ्याउने व्यक्तिहरूले व्यक्तित्व अर्को व्यक्तिको हो भन्ने विश्वास गर्छन् ।
मनोवैज्ञानिकहरुका अनुसार हामी हाम्रो वरपरको वातावरणबाट आफुलाइ विकास गर्छौं । यसमा धेरै कुरा हामीले आनुवंशिक रूपमा पाउँछौं र धेरै पक्षहरू हामीले अरूको प्रभावमा विकास गर्छौं। मनोवैज्ञानिकहरू के विश्वास गर्छन् भने व्यक्तित्व एक जटिल र बहुआयामिक निर्माण हो । यो आनुवंशिकी, वातावरण र व्यक्तिगत अनुभवहरू सहित विभिन्न कारकहरूको मिश्रण हो । यसले आफुमा विभिन्न प्रकारका विशेषताहरू, लक्षण र व्यवहारहरू समावेश गर्दछ।
प्रतिक्रिया