कहाँ बस्छन् धनकुबेर ?

विश्वमा कूल ३,९५,०७० व्यक्ति थिए, जससँग ३ करोड डलरभन्दा बढी अर्थात् करिब २ अर्ब ४० करोड रुपैयाँ बराबरको सम्पत्ति थियो । अल्ट्रराटा वर्ल्ड अल्ट्रा वेल्थ रिपोर्ट ( २०२३ ले ती देशको सुची तयार गरेको छ जहाँ धेरै धनीहरू बस्छन् ।
घटे धनकुबेर
२०२१ को तुलनामा ३० मिलियन डलर सम्पत्ति भएका व्यक्तिको सङ्ख्या २०२२ मा ५.४ प्रतिशतले घटेको छ । यो गिरावट सन् २०१८ यता पहिलो पटक देखिएको हो ।
अमेरिका शीर्षमा
सन् २०२२ को तथ्याङ्कले अमेरिकामा सबैभन्दा धेरै धनी मानिस रहेको देखाएको छ । ३ अर्ब ८५ करोडभन्दा बढी सम्पत्ति भएका १ लाख २९ हजार ६ सय ६५ व्यक्ति अमेरिकामा छन् । सम्पूर्ण उत्तर अमेरिकामा १,४२,९९० अरबपति छन् ।
एसिया दोस्रो स्थानमा
धनीहरूको सङ्ख्यामा एसिया दोस्रो स्थानमा छ । यहाँ १,०८,३७० व्यक्तिसँग ३ करोड डलर बराबरको सम्पत्ति छ । यो गत वर्षको तुलनामा १०.९ प्रतिशत कम हो ।
चीन शीर्ष स्थानमा
एसियामा सबैभन्दा बढी धनीहरू भएको नेपालको छिमेकी मुलुक चीन विश्वमा दोस्रो स्थानमा छ । चिन मा ४७,१९० धनी मानिसहरू बस्छन् । १४,९४० धनी मानिसहरू सँगै जापान एसियामा दोस्रो र विश्वमा चौथो स्थानमा छ ।
८,८८० धनी व्यक्तिहरूका साथमा नेपालको अर्को छिमेकी भारत यो सूचीमा दसौँ स्थानमा छ । यो सुचीका दश देशमध्ये भारत मात्र त्यस्तो देश हो जहाँ अरबपतिहरूको सङ्ख्या वृद्धि भएको छ (३.२ प्रतिशत) । सबैभन्दा बढी गिरावट (२३ प्रतिशत) जापानमा देखिएको छ ।
युरोपमा गिरावट
युरोपमा पनि धनीहरूको सङ्ख्या ७.१ प्रतिशतले घटेको छ । हाल त्यहाँ १ लाख ८५० धनकुबेर बस्छन् । जसमध्ये सबैभन्दा बढी १९,५९० जर्मनीमा छन्। बेलायत १४,००५, फ्रान्स ११,९८० र इटाली ८,९३० अरबपतिका साथ विश्वको शीर्ष १० धनी देशमा सूचीकृत छन् ।
प्रतिक्रिया