बिहीबार, वैशाख २७, २०८१

फिटनेस : हृदय रोग हराउन चाहने हो भने…

नेपालखोज २०८० असोज २१ गते ५:३४

विश्वभरका १७ विभिन्न अनुसन्धान परियोजनाका २२६,८८९ व्यक्तिको तथ्यांकको एउटा विश्लेषणले के देखाउँछ भने हामी जति धेरै हिँड्छौं मृत्यु र हृदय रोग (CVD) को जोखिम उतिनै कम हुन्छ । यो अनुसन्धान युरोपियन जर्नल अफ प्रिभेटिभ कार्डियोलोजीमा प्रकाशित छ ।

प्रति दिन कति पाइला हिड्ने ?

एउटा आलिशान र बिलासि जीवनशैली तथा शारीरिक गतिविधिको गम्भीर अभावले हामीलाई रोगहरू विकास गर्ने र जीवन छोटो पार्ने जोखिममा राख्ने पक्का छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०का अनुसार शारीरिक रुपमा क्रियासिल नभएका व्यक्तिहरूमा शारीरिक रुपमा क्रियासिल व्यक्तिको तुलनामा मृत्युको जोखिम २० देखि ३० प्रतिशत बढी हुन्छ ।

विश्वव्यापी रूपमा चार मध्ये एक व्यक्तिले सिफारिस गरिएका गतिविधिहरू पूरा गर्दैनन् । आफ्नो शारीरिक गतिविधि बढाउन चाहने व्यक्तिहरूका लागि सकेसम्म हिड्न सिफारिस गरिन्छ किनभने यसलाई सामान्यतया व्यायामको पहुँचयोग्य रूप मानिन्छ। यद्यपि हामिले हरेक दिन कति पाइला हिड्ने लक्ष्य राख्नुपर्छरु हालको दिशानिर्देशले १०,००० उत्तम हो भन्छ, तर प्रख्यात कार्डियोलोजिस्ट प्रोफेसर मासिएज बानाचको नेतृत्वमा गरिएको नयाँ अध्ययनले दिनको करिब ४,००० कदमले पनि मृत्युको जोखिम कम गर्न सक्छ भनेको छ ।

अनुसन्धानकर्ताहरू भन्छन् – यो विश्लेषण अनुसार कुनै पनि कारणको मृत्यु कम गर्न प्रति दिन कम्तिमा चार हजार कदम हिडन आवश्यक छ । मुटुरोगका कारण हुने मृत्यु घटाउन यति कदम चाल्नु आवश्यक छ ।

यी अध्ययन अष्ट्रेलिया, जापान, युनाइटेड किंगडम तथा संयुक्त राज्य अमेरिका जस्ता विश्वका विभिन्न क्षेत्रहरूमा सञ्चालन गरिएको थियो। सहभागीहरू औसत ६४ वर्षका थिए जसमा ४९ प्रतिशत महिला थिए।

थोरै मात्र भए पनि हिड्नु स्वास्थ्यका दृष्टिले फाइदाजनक हुन्छ । दैनिक १ हजार पाइला हिड्दा मृत्युको जोखिम १५ प्रतिशतले घटाउन सकिन्छ भने ५ सय पाइला मात्र हिड्दा मुटु रोगबाट मृत्यु हुने जोखिम ७ प्रतिशतले कम हुन्छ ।

प्रति दिन २०,००० पाइला सम्म हिड्ने व्यक्तिहरूमा स्वास्थ्य लाभ बढ्दै गएको देखिन्छ तर अनुसन्धानकर्ताहरूसँग २०,००० भन्दा बढी पाइलाको तथ्यांकमा पहुँच नभएकाले यसको माथिल्लो सीमा के हुनेछ भनेर पुष्टि गर्न सक्ने अवस्था छैन् । अन्वेषकहरूले विभिन्न उमेर, लिङ्ग वा स्थानका सहभागीहरूबीच हिड्दा भएका फाइदाहरू फरक छन् कि छैनन् भन्ने पनि मूल्याङ्कन गरे। ६० वर्ष वा सोभन्दा माथिका सहभागीहरूमध्ये प्रतिदिन ६,००० देखि १०,००० पाइला हिँड्नेहरूमा मृत्युको जोखिम ४२ प्रतिशतले घटेको देखियो ।

यसको विपरित, प्रतिदिन ७,००० देखि १३,००० पाइला हिँड्ने ६० वर्ष मुनिका सहभागीहरूमा मृत्युको जोखिम ४९ प्रतिशत कम भएको थियो । यो अध्ययनले के पुष्टि गर्छ भने हामि जति धेरै हिँड्छौं त्यति नै राम्रो हुन्छ ( अनुसन्धानकर्ताहरू भन्छन्। अध्ययनले यो कुरा पुरुष र महिला दुवैलाई लागू हुने पत्ता लगाएको छ । यसमा उमेरले पनि फरक पार्दैन भने हामि संसारको समशीतोष्ण हावापानीमा बस्छौं कि ध्रुवीय क्षेत्र वा मिश्रित जलवायु भएको क्षेत्रमा बस्छौं भन्ने कुराले पनि फरक पार्दैन ।

स्वस्थ रहन व्यायाम गरौं

शोधकर्ताहरू जोड दिन्छन् – अहिले समाजको ध्यान रोगहरूको उपचारमा केन्द्रित छ तर हामीले आहार र व्यायाम सहित जीवनशैली परिवर्तनको प्रभावमा विचार गर्न आवश्यक छ ।

प्रतिक्रिया