बेलायतको Stonehenge र जुम्ला तातोपानीका यि ढुङ्गाहरु

बेलायतका बिभिन्न स्थानहरुमा ठूला ठूला गाडिएका रहस्यमय ढुङ्गाहरुले अहिले पर्यटकहरुलाई आकर्षित गरिरहेको पाउँछौ । सबैभन्दा प्रख्यात Stonehenge रहेको छ । जहाँ सयौ टनका ढुङ्गाहरु मिलाएर राखिएको छ ।
इशा पूर्व ३००० देखि २००० वर्ष पुरानो भनिएको यो संरचना देखेर हरेक छक्क पर्दछन् । त्यस्तै बेलायतमा नै Avebury र Brodgar मा रहेका गाडिएका ढुङ्गाहरु लामबद्ध राखिएको देख्दा कसरी राखिए होला भन्ने सोच्न मन लाग्छ । यि ढुङ्गाहरु देखाएर बेलायतले कतिपय पर्यटकलाई आकर्षित गरेका छन् ।
नेपालमा पनि जुम्लामा १२औं शताव्दीमा त्यहाँका मल्ल राजाहरुले केही ढुड्गाहरु गाडेका थिए । ५० वर्ष अगाडि सम्म लामबद्ध देखिने यि ढुङ्गाहरु संरक्षणको अभावले अहिले भने कुनै लडिसकेका छन् ।
कुनै मुश्किलले खडा छन् । शुरुमा केही शिलालेख र मुखाकृति समेत देखिने यि ढुङ्गाहरु अहिले नाम मात्रका ढुङ्गा भएका छन् । कतिले यसको इतिहास खोतल्ने कोशिस गर्लान । कतिको लागि केवल साधारण ढुङ्गा मात्र लाग्नेछ ।
त्यो बेला बाटोको छेउमा देखिएका यि ढुङ्गाहरु अहिले बेवारिस रुपमा बाटोको छेउमा नै रहेका छन् ।

प्रतिक्रिया