शनिबार, वैशाख १३, २०८२

अक्षय कुमारका आगामी चलचित्र

नेपालखोज २०८१ कार्तिक ३० गते १६:००

काठमाडौं । अक्षय कुमारका लागि सन् २०२४ विशेष रहेन तर उनी सन् २०२५ मा धमाका मच्चाउने तयारिमा छन् । अक्षयसँग अर्को वर्षका लागि ७ वटा चलचित्र छन् जसले उनलाई फेरि एक पटक बक्स अफिसको बादशाह बनाउन सक्छन ।

वेलकम टू द जंगल : यो कमेडी फिल्ममा अक्षय कुमारसँग सुनील शेट्टी, अरशद वारसी र राजपाल यादव जस्ता कलाकारहरू पनि छन् । यो फिल्म सन् २००७ मा रिलिज भएको सुपरहिट फिल्म वेलकमको सिक्वेल हुनेछ ।

स्काईफोर्स : अक्षय कुमारको फिल्म स्काईफोर्स जनवरी २०२५ मा ठूलो पर्दामा आउने तयारिमा छ । यो अक्षय कुमारको सन् २०२५ को पहिलो रिलिज हुनेछ ।

शंकरा : यो फिल्ममा अक्षयलाई आर माधवन र अनन्या पाण्डेले साथ दिदैंछन् । यो चलचित्र पनि २०२५ को ठूलो रिलिज मध्ये एक हो ।

हाउसफुल – ५ : अक्षय कुमारको अर्को हिट फ्रेन्चाइजी हाउसफुलको पाँचौं भाग पनि २०२५ मा हामीलाई हसाउँन तयार छ ।

जोली एलएलबी – ३ : सुटिङ हिट फ्रेन्चाइजी जोली एलएलबी – ३ पनि लगभग पूरा भैसकेको छ । यो फिल्ममा अघिल्ला दुई सिरिजका जोली वकिल अर्शद वारसी र अक्षय कुमार सँगै देखिने छन् ।

भूत बंगला : अक्षय कुमार प्रियदर्शनसँगै यो फिल्म लिएर पुन दर्शकहरु माझ फर्कदैछन् । यसको अर्थ कमेडीको बलियो खुराकको ग्यारेन्टी हो । यो चलचित्रको पोस्टर रिलिज हुनेबित्तिकै चर्चामा छ ।

हेरा फेरी – ३ : परेश रावल, अक्षय कुमार र सुनिल शेट्टी हालसालै सँगै देखिएका थिए । आशा छ – तीनै जना अर्को वर्ष यो हिट चलचित्रको तेस्रो भागका साथ दर्शक माझ आउने छन्।

प्रतिक्रिया