मंगलबार, मंसिर २३, २०८२

७६ अंकले बढ्दा १६ अर्ब भन्दा बढीको शेयर किनबेच

नेपालखोज २०८२ साउन १ गते १५:४५

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बिहिबार देखि चालु आर्थिक बर्षको मौद्रिक नीतिमा उल्लेख भए अनुसारको शेयर धितो कर्जामा २५ करोडको सिमा लगायतका व्यवस्थाहरु कार्यान्वयनमा आएसंगै शेयर बजारमा उछाल देखिएको छ ।

याे अनुसार अनुसार अघिल्लो दिन ३४ दशमलव ६१ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन तथा चालु आर्थिक बर्षको पहिलो कारोबार दिन आज बिहिबार ७५ दशमलव ८४ अंकले बढेर २८ सय ७० दशमलव ६३ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २२ अंकले बढेर पाँच सय दशमलव ४९ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय ११ वटा कम्पनीहरुको एक लाख ४१ हजार चार सय ३४ पटकको कारोबारमा तीन करोड ८६ लाख ३४ हजार तीन सय ५० कित्ता शेयर-खरिद बिक्री भएकोमा कुल कारोबार रकम १६ अर्ब ५९ करोड २१ लाख पाँच हजार चार सय ५५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक २६ दशमलव ७२ अंकले बढेर १५ सय ४३ दशमलव ३३ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय १५ दशमलव ८७ अंकले बढेर छ हजार ५७ दशमलव ८७ अंकमा पुगेको छ ।

फाइनान्स समुहको सुचक पनि ७२ दशमलव शुन्य आठ अंकले बढेर २६ सय ४३ दशमलव २० अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय ११ अंकले बढेर ३७ सय ५७ दशमलव ७८ अंकमा पुगेको छ । यसैगरी जिवन बिमा समुहको सुचक पनि चार सय १७ दशमलव २८ अंकले बढेर १३ हजार छ सय ९३ दशमलव ६३ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ७८ दशमलव ८० अंकले बढेर १४ हजार १४ दशमलव ९५ अंकमा पुगेको छ ।

यसैगरी होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः एक सय ८१ दशमलव २५, तीन दशमलव ६०, दुई सय १६ दशमलव ४०, एक सय ३० दशमलव ७३, शुन्य दशमलव शुन्य चार, एक सय १९ दशमलव ८७ र ७३ दशमलव १५ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा टे«ड टावर कम्पनी लिमिडेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईबिएल स्टेवल फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।

प्रतिक्रिया