अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा १७ औँ वर्षमा प्रवेश

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा स्थापना तथा सेवा सञ्चालनको १७ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्सन सार्वजनिक गरी २०१० जनवरी २५ बाट औपचारिक सेवा सुरु गरेको इसेवाले डिजिटल भुक्तानीको सुरुवातदेखि डिजिटल अर्थतन्त्रको विस्तारसम्मको १६ वर्षे यात्रा पूरा गर्दै १७ औँ वर्षमा प्रवेश गरेको हो ।
‘सबै, सधैं, सँगै’ भन्ने मूल नाराका साथ भुक्तानी सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको इसेवाले आर्थिक गतिविधिलाई सरल, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउने माध्यमका रूपमा विकास गर्दै आएको छ। हाल इसेवा टपअप, युटिलिटी बिल भुक्तानी, फ्लाइट टिकट, होटल बुकिङ, बिमा खरिद, मुभी टिकट, कर्जा, लगानी लगायतका सेवाहरू प्रदान गर्ने हरेक नेपालीको दैनिकीसँग जोडिएको डिजिटल प्लेटफर्म बनेको छ ।
१७ औँ वार्षिकोत्सव तथा इन्नोभेसन डेका अवसरमा आयोजित कार्यक्रममा बोल्दै इसेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्रीले नेपालको अग्रणी भुक्तानी सेवा प्रदायकका रूपमा इसेवाका सेवाहरूलाई अझ उत्कृष्ट, सुरक्षित र भरपर्दो बनाउन आफूहरू निरन्तर लागिरहने बताए । उनले नियामक निकाय, प्रयोगकर्ता, समाज र सबै सरोकारवालाहरूसँग सहकार्य गर्दै डिजिटल वित्तीय सेवाको विस्तारबाट समाजमा सकारात्मक योगदान दिन इसेवा प्रतिबद्ध रहेको बताए ।
यसै गरी, इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवाले सधैँ सबैलाई समेट्दै सँगै अगाडि बढ्ने मूल मन्त्रका साथ आफूहरूले सेवा प्रदान गर्दै आएको जानकारी दिए । उनले इसेवाको १७ वर्षे यात्राले नेपालकै कम्पनी पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको बताए ।“आज हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने फिनटेक कम्पनीका रूपमा स्थापित हुँदै गएका छौँ । यस उपलब्धिलाई हामी गन्तव्य होइन, भविष्यका नवप्रवर्तनहरूको आधारका रूपमा लिएका छौँ । खड्काले भने, “प्रयोगकर्ताका आवश्यकता र प्रविधिको विकासलाई केन्द्रमा राख्दै हामी हरेक दिन नवप्रवर्तनमा लागिरहेका छौँ र आगामी दिनमा अझ जिम्मेवार भएर डिजिटल नेपालको यात्रामा योगदान दिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”
इसेवाले १७ वर्षको यात्रामा सहज, सुरक्षित र द्रुत भुक्तानी सेवा र वित्तीय समावेशितालाई आफ्नो मूल लक्ष्यका रूपमा स्थापित गर्दै आफ्ना सेवाहरू प्रदान गर्दै आएको छ । प्रयोगकर्ता केन्द्रित नवप्रवर्तनमार्फत वित्तीय समावेशितामार्फत डिजिटल अर्थतन्त्रमा सबै वर्गको सहभागिता बढाउन; प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टका लागि भुक्तानी अनुभव सरल बनाउन तथा डिजिटल नेपाल निर्माणमा ठोस योगदान पु¥याउन रूपमा लागिरहने प्रतिबद्धता समेत इसेवाले गरेको छ ।

प्रतिक्रिया