सोमबार, असार २३, २०८२

सिद्धार्थ बैंकका ग्राहकलाई चितवन मिडटाउन रिर्सोटमा १५ प्रतिशतसम्म छुट

नेपालखोज २०७८ माघ ४ गते १७:०१

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिर्सोट प्रा.लि.बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंककातर्फबाट बाग्मती प्रदेश प्रमुख दुर्गा राज पाण्डे र चितवन मिडटाउन रिर्सोटका तर्फबाट प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकका ग्राहकले चितवन मिडटाउन रिर्सोटमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ वा इन्टरनेट बैैंकिङ प्रयोग गरे बापत होटल बसाई सेवाको भुक्तानी गर्दा १५ प्रतिसतसम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १० प्रतिसतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया