शनिबार, जेठ ४, २०८२

प्रभु बैंकले कमायो ६ महिनामा १ अर्ब २६ करोड रुपैयाँ खुद मुनाफा

नेपालखोज २०७८ माघ ७ गते १७:१३

काठमाडाैं । प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ५१ करोड ८६ लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख चार हजार रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा एक खर्ब ६३ अर्ब ५९ करोड ८७ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४२ अर्ब ३३ करोड २६ लाख ४८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा दुई अर्ब ८२ करोड ५० लाख दुुई हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव २७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ५३ करोड ६१ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६४ अर्ब ८५ करोड पाँच लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ११ करोड ७७ लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा दुई अर्ब ६९ करोड ६० लाख २५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दसमलव शुन्य छ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ६४ प्रतिसत रहेको थियो ।

प्रतिक्रिया