शनिबार, जेठ ४, २०८२

महालक्ष्मी विकास बैंकले दोश्रो त्रैमासमा कमायाे ४५ करोड ६२ लाख खुद नाफा

नेपालखोज २०७८ माघ ७ गते १९:११

काठमाडौं । महालक्ष्मी विकास बैंककोे चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको पौषमसान्त सम्ममा बैंकले ४५ करोड ६२ लाख खुद नाफा कमाउन सफल जनाएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ३१ दशमलव ५५ प्रतिशतले बढी रहेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब एक करोड तथा कर्जा ४० अर्ब पुगेको छ । यस आर्थिक वर्ष बैंकले सञ्चालन आम्दानीतर्फ एक अर्ब १० करोड आम्दानी गरी बैंक अर्बको क्लबमा उक्लिएको छ ।

त्यसैगरी गत आर्थिक वर्षको पौष मसान्तसम्मको खुद सञ्चालन मुनाफालाई ४१ प्रतिशतले बृद्धि गरी खुद सञ्चालन मुनाफा ६८ करोड आर्जन गरेको छ । समिक्षा अवधिमा बैंकले उल्लेख्यरुपमा खराब कर्जा घटाई गत वर्षको चार दसमलव ७९ प्रतिशतको खराब कर्जालाई दुई दसमलव ८९ प्रतिशतमा झार्न सफल भएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २१ दसमलव शुन्य पाँच प्रतिशत लाभांश प्रस्ताव गर्न सफल बैंकले समग्र वित्तीय विवरणमा उल्लेख्य प्रगती गर्दे आगामी वर्ष पनि आकर्षक लांभाश दिनेतर्फ उन्मुख रहेको देखिन्छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा एक सय तीन वटा शाखा सञ्जाल रहेको बैंकले छ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दे आइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया